काठमाडौं- बोधिसत्व विहार काठमाडौंले कोभिड–१९ का कारण परेको प्रभाव न्यूनीकरण गर्न सहजीकरण गर्ने उद्देश्यले नेपाल पत्रकार मञ्चलाई खाद्य सामग्री ‘फूड अफ लभ’ प्रदान गरेको छ।
सामामुखीस्थित लुनार सेकेण्डरी स्कूलमा आयोजित एक कार्यक्रममा नेपाल पत्रकार मञ्चलाई विहारका अध्यक्ष हुवाइ गुयाङले ‘फूड अफ लभ’हस्तान्तरण गरे।
कार्यक्रमा विहारका अध्यक्ष गुयाङले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट परेको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव न्यूनीकरण गर्न सहयोगी भूमिका खेल्ने पत्रकारहरुका लागि मानवीय सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए। उनले भने, ‘म बुद्धको अनुयायी भएकाले पनि विश्वभरि शान्तिको सन्देश प्रवाह गर्ने क्रममा नेपाली समुदायमा अहिलेको बिषम परिस्थितिमा सहयोगी हात मार्फत जोडिन पाउँदा मलाई अत्यन्त खुशी लागेको छ।’
विहारबाट प्राप्त ‘फूड अफ लभ’ नेपाल पत्रकार मञ्च आबद्ध पत्रकारलाई वितरण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।