काठमाडौं- जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक बस्दैछ। बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकले अध्यक्ष महन्थ ठाकुरसहित १६ जनालाई कार्यकारिणी समितिबाट हटाउने एक नेताले जानकारी दिए।
साउन ११ गते निर्वाचन आयोगमा भएको हेडकाउन्टमा महन्थ पक्षमा सनाखत गरेका १६ जना कार्यकारिणी समिति सदस्यलाई हटाउन लागिएको हो। हेडकाउन्टमा उपेन्द्र यादव पक्षमा ३४ जनाले सनाखत गरेका थिए।
हेड काउन्टमा बहुमत पुर्याएका यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिता दिएको छ। त्यस्तै, ठाकुर पक्षलाई भने बेग्लै पार्टी खोल्ने अवसर दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।