काठमाडाैं- सरकारले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई दिएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको एक मन्त्रीले बताए। थापा बिदामा बसेको दिनदेखि शर्माले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने उनको भनाइ छ।
अवकाश पाउनुभन्दा एक महिना अगाडि बिदामा बस्ने परम्पराअनुसार थापा साउन २४ बाट बिदामा बस्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।