काठमाडौं- एक किलो सुनजस्तो धातुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा घर भएका पदम परियार छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।
मंगलबार हिमालय एयरको उडानमार्फत् दुबईबाट काठमाडौं आएका उनको साथमा एक किलो १६५ ग्राम सुनजस्तो धातु भेटिएको प्रहरीले जानकारी दिएको छ। उनले ल्याएको कफी मेकरमाथि शंका लागि जाँच गर्दा फलामे कप आकारको तीनवटा पत्रले बनेको धातु भेटिएको हो।
पहिलो र अन्तिम पत्र फलामजस्तो देखिने धातु रहेको र बीच पत्रमा सुनजस्तो धातु रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका परियारलाई कारबाहीका लागि विमानस्थलकै भन्सार कार्यालय बुझाइएको विमानस्थल प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।