काठमाडौं- वीरगञ्ज महानगरपालिका- १६ ईनर्वागाउँ चौतारामा लागूऔषधसहित एकजनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा सोही महानगरपालिका-२४ रामगढवा बस्ने २६ वर्षीय अफरोज मियाँ अन्सारी रहेको प्रहरीले जनाएको छ।
आइतबार साँझ पैदल हिँडिरहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ सय एम्पुल नुर्फिन, २ सय एम्पुल डाइजेपाम र २ सय एम्पुल फेनारगन फेला पारेको थियो।
उनीविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।