काठमाडौं- हत्या गरेको आराेपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। धरान उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय प्रदिप सुब्बाको हत्या गरेको आराेपमा उनीहरुलाई शुक्रबार पक्राउ गरिएकाे हाे।
पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-१४ मण्डप टोल घर भएका सोही उपमहानगरपालिका-४ पत्राङबारी सिरान सालघारीस्थित आङ्बोहाङ एग्रीकल्चर एण्ड लाईभ स्टक फार्म प्रालिका सञ्चालक ४४ वर्षीय मंगलसिंह लिम्बु, सोही उपमहागरपालिका-१४ पिण्डेश्वरी घर भएका सोही प्रालीमा काम गर्ने २० वर्षीय भरत भुजेल र सोही उपमहानगरपालिका-४ दानाबारी घर भएका ५४ वर्षीय जन्तरे भन्ने रामकुमार राई रहेका छन्।
सोही उपमहानगरपालिका-४ दानाबारीको बैदाप खोपमा जेठ ५ गते सुब्बाको शव फेला परेको घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।