काठमाडौं– शिक्षा र स्वास्थ्य क्षेत्रका व्यापारीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरिको विरोध बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको छ।
'व्यापारीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी' दिइएको भन्दै आन्दोलनका अभियन्ताहरुले सोमबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

'जनतालाई महामारी, स्वास्थ्य हेर्न व्यापारी', 'के राजनीति व्यवसाय भइसकेको हो?', 'जसले शिक्षा–स्वास्थ्यमा व्यापार गर्यो, उसैलाई समाजवाद अन्मुख सत्ता भयो' भन्ने नारा लेखिएका प्लेकार्डसहित अभियन्ताहरुले प्रदर्शन गरेका छन्।

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरुले गण्डकी प्रदेशमा डोबाटे विश्वकर्माको नाम हटाएर व्यापारीलाई मन्त्री बनाएकोप्रति पनि विरोध जनाएका छन्।

अभियन्ताहरुले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत प्रतिष्ठान र विश्वविद्यालयलाई दलीयकरण गर्ने कार्य बन्द गर्न पनि माग गरेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।