काठमाडौं- पछिल्लो २४ घन्टामा थप १ हजार ६८६ जना कोरोना संक्रमण मुक्त भएका छन्।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ६८६ जना संक्रमण मुक्त भएका हुन्। यससँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ।
मन्त्रालयका अनुसार कोरोना निको हुने दर ९४ दशमलव ५ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार आज ३ हजार ४ सय ११ जनामा संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।