काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन क्लबसँग छलफल गरेको छ।
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार आगामी ‘ए’ डिभिजन लिगबारे १४ क्लबका प्रतिनिधिसँग छलफल गरेको हो।
एन्फाले लिग असोज ३ गतेबाट सुरु गर्ने निर्णय गरिसकेको छ। ‘छलफलमा सबै क्लबले लिग खेल्न प्रतिबद्धता जनाएका छन्। तर, खेलाडीको स्वास्थ्य र सुरक्षामा चिन्ता व्यक्त गरेका छन्,’ एन्फाका प्रवक्ता किरण राईले भने।
बैठकमा थ्री स्टार क्लबका महासचिव सन्जिव शिल्पकारले एन्फालाई बुझाएको पुरानो ज्ञापन पत्र लिग रोक्नको लागि नभई व्यवस्थित बनाउन भएको बताएका थिए।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले कुनैपनि हालतमा लिग आयोजना गर्ने बताए। लिगका लागि सरकारसँग अनुमति मागेर सबै स्वास्थ्य मापदण्डलाई पूरा गरिने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।