काठमाडाैं- सामाजिक सञ्जाल टिकटकमा राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो इडिट गरेर भिडियो ट्रोल बनाए चरित्र हत्या गरेकाे आराेपमा एक जनालाई प्रहरीको साइबर व्यूरो, काठमाडौंले पक्राउ गरेको छ।
व्यूरोका प्रवक्ता एवं सूचना अधिकारी नविन्द अर्यालका अनुसार पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका ६ बस्ने सोमप्रसाद घिमिरे रहेका छन्।
उनलाई विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरिएको प्रवक्ता अर्यालले जानकारी दिए।
जिल्ला अदालत झापाबाट सातदिन म्याद थप गरी उनीमाथि अनुसन्धान भैरहेको प्रवक्ता अर्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।