काठमाडौं- टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलमा ब्राजिल र आइभरी कोस्टको यु २३ टोलिले बराबरी खेलेको छ।
आइतबार भएको खेलमा १० खेलाडीमा सिमित ब्राजिल र आइभरी कोस्टले गोलरहित बराबरीमा रोकिएको हो।
खेलको १४औं मिनेटमा डोउग्लास लुइसले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा समेटिभएको थियो।
७९औं मिनेटमा आइभरी कोस्टपनि १० खेलाडीमा समेटिभएको थियो। कोउएसी दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए।
समूह ‘डी’मा रहेको ब्राजिलले यसअघि ब्राजिलले पहिलो खेलमा जर्मनीलाई ४-२ गोलले पराजित गरेको थियो। ब्राजिलले दुई खेलबाट चार अंक जोडेको छ।
अर्को खेलमा समूहमा ‘सी’ मा रहेको अर्जेन्टिनाले इजिप्टलाई १-० गोलले पराजित गरेको छ।
अर्जेन्टिनाको जितमा मेडिनाले ५२औं मिनेटमा गोल गरेको गोल नै निर्णयक सावित भयो। यसअघि पहिलो खेलमा अर्जेन्टिनालाई अस्ट्रेलियाले पराजित गरेको थियो।
यता समूह ‘ए’मा रहेको फ्रान्सले दक्षिण अफ्रिकालाई ४-३ गोलले पराजित गरेको छ। फ्रान्सको जारी प्रतियोगितमा यो पहिलो जित हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।