काठमाडाैं- नेपालले साफ च्याम्पियनसिप आयोजना गर्न आधिकारिक प्रस्ताव पाएको छ।
शुक्रबार बसेको साफको बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएको थियो।
त्यससँगै आयोजनाका लागि नेपालसँगै माल्दिभ्स र भारतले आयोजनाका लागि दावेदारी प्रस्तुत गरेका थिए।
आइतबार नेपालले साफबाट आयोजना गर्न औपचारिक प्रस्ताव पाएको हो। एन्फा महासचिव इन्द्रमान तुलाधरले अब नेपालले विस्तृत विवरण साफलाई प्रस्तुत गर्ने बताएका जानकारी दिएका छन्।
आयोजनाबारे अन्तिम निर्णय भने साफले नै गर्ने उनले जानकारी दिए।
यसअघि एन्फाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै आयोजना आवेदनका लागि स्वीकृति पाएको थियो । तर उक्त स्वीकृति पाएको दुई दिन नबित्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएका थिए।
सका बाबजुद पनि एन्फा आयोजना गर्न अघि सरेको छ। प्रतियोगितामा भने पाँच टोलीको मात्र सहभागिता रहने छ।
पाकिस्तान फिफाको प्रतिबन्धमा रहेका कारण सहभागिता जनाउने छैन। भुटानमा भने कोरोना संक्रमणका सहभागिता नहुने भएको हो।
आयोजना दाबी गरेका नेपाल, माल्दिभ्स र भारतसँगै श्रीलंका र बंगलादेशले प्रतियोगितामा सहभागिता जनाउने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।