फाइल तस्वीर
काठमाडौं– हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई विभिन्न व्यक्ति तथा संघ संस्थाले राहत वितरण गरेका छन्।
गत असार १ गते मेलम्ची नदीमा आएको बाढीबाट प्रभावित हेलम्बुका १२२ घरधुरी र बाढीबाट मृत्यु तथा बेपत्ता भएका १४ परिवारलाई राहत वितरण गरिएको हो। विभिन्न मुलुकमा रहेका सिन्धुवासी तथा संघ संस्थाले संकलन गरी राहत रकम वितरण गरेका हुन्।
इराकबाट नोर्की शेर्पा, हङ्कङबाट माया आङबुहाङ, स्मार्ट टिमका राम अधिकारी र उषा तामाङ, मलेशियाबाट बुद्ध लामा योञ्जन, नागरिक आवाजकी मेरी राई तामाङ, जुहारी कलाकार सङ्घ भोटेकोशी–१ का अध्यक्ष मुके शेर्पा र कतारबाट सोम तामाङको पहलमा सङ्कलन भएको रकम शनिबार हस्तान्तरण गरिएको नेपाल प्रतिनिधि एवं अभियानकर्मी कृष्ण तामाङले जानकारी दिए।
हेलम्बुमा १४ मृतक र बेपत्ता परिवारलाइ रु १० हजारका दरले र अन्य प्रभावितलाई रु तीन हजार ५०० का दरले राहत वितरण गरिएको तामाङले बताए।
त्यस्तै रेडियो मेलम्ची र मेलम्ची बजार पुनःनिर्माण सरोकार समितिलाई १५÷१५ हजार र नमूना बङ्गुर फार्मलाई रु आठ हजार प्रदान गरिएको तामाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।