काठमाडौं- बिग बुद्ध डोजोले दोश्रो सितोरियो सोबुकान जुनियर राष्ट्रिय कराते प्रतियोगिताको उपाधि आइतबार जितेको छ । बिग बुद्धले ६ स्वर्ण, ३ रजत र ६ कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी उचालेको हो।
नेपाल सितोरियो सोबुकान कराते संघद्वारा आयोजित प्रतियोगितामा मानसिंह डोजो ३ स्वर्ण, ३ रजत र ५ कांस्यसाथ दोश्रो भयो। तेश्रो स्थानको सूर्यविनायकले २ स्वर्ण, २ रजत र १ कांस्य हात पार्यो।
बंगलामुखीमा भएको प्रतियोगिताको कुमुतेतर्फ पु?षमा मनकामनाका विश्वास तामाङ र महिलामा बिग बुद्धकी चाँदनी राई उत्कृष्ट खेलाडी चुनिए। काताको पुरुषमा बिग बुद्धका लाक्पा घलान र महिलामा सूर्यविनायककी श्रृया रन्जित उत्कृष्ट खेलाडी घोषित भए।
ललितपुर महानगरपालिकाको सहयोग तथा सान जापानिज लेङग्वेज एन्ड कल्चरका प्रबन्ध निर्देशक सनिश श्रेष्ठको मुख्य प्रायोजनमा भएको दुईदिने प्रतियोगितामा ३ सय खेलाडीले विभिन्न १५ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सजिश खड्गीले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।