काठमाडाैं- टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा ब्राजिल र नेदरल्यान्ड्सले बराबरी खेलेका छन्।
मियागी स्टेडियममा शनिबार भएको खेलमा ब्राजिजले डच टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका हुन्।
ब्राजिलका लागि डेविन्हा, कप्तान मार्टा र लुडमिला डा सिल्भाले गोल गरिन्। डच टोलीका लागि भिभिएनी मिडेमाले दुई तथा डोमिनिक ब्लडवर्थले एक गोल गरिन्।
खेलको तेस्रो मिनेटमा नै भिभिएनीको गोलबाट ब्राजिल पछि परेको थियो। तर, १६औं मिनेटमा ब्राजिलका डेविन्हाले बराबरी गोल फर्काइन।
५९औं मिनटेमा भिभिएनीले व्यक्तिगत दोस्रो गोल गरेपछि डच टोलीले खेलमा २–१ को अग्रता लिनएको थियो। तर, ६४औं मिनेटमा कप्तान मार्टाले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन्।
६८औं मिनेटमा लुडमिला डा सिल्भाले गोल गर्दै ब्राजिलाई खेलमा ३–२ को अग्रता दिलाए। ७९औं मिनेटमा डोमिनिक ब्लडवर्थले गोल गर्दै डच टोलीलाई हारबाट जोगाइन्।
बराबरीपछि समूह ‘एफ’ मा नेदरल्यान्ड्स २ खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा यथावत् रहेको छ। समान खेलबाटै समान ४ अंक नै रहेपनि ब्राजिल गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ।
यता, चीन तेस्रो तथा जाम्विया पुछारमा छ। शनिबार नै भएकाे खेलमा चीन र जाम्वियाले ४–४ गोलको बराबरी खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।