काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकाबाट दुई थान हुन्डाइ कम्पनीकाे क्रेटा गाडीसहित दुईजनालाई पक्राउ गरेकाे छ।
भन्सार छलेर सवारी साधन चोरी निकासी गरि बिक्री बितरण भइरहेको भन्ने बिशेष सुचनाको आधारमा उनीहरुलाई काठमाडाैं महानगरपालिका-६ बौद्धबाट महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा मुस्ताङ लोधोगार दामोदर कण्ड गाउँपालिका ३८ वर्षीय आग्या गुरुङ र भारत पश्चिम बंगाल दार्जिलिङका ४३ वर्षीय सोनाम टासी योल्मो रहेका छन्।
बरामद गाडीसहित दुबैलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।