काठामाडाैं- स्राेत नखुलेको ४० लाख बढी रकमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापामा जिल्लाको झापा गाउँपालिका–२ बेलाइतीबारीबाट नगद ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँसहित सोही ठाउँ बस्ने ४६ वर्षीय गौरी मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा उक्त नगद फेला पारेकाे हाे ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।