पोखरा– अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको मुख्य आकर्षणका रुपमा आइतबार भएको अन्नपूर्ण म्याराथन नेपाल आर्मी क्लबका हरिकुमार रिमालले जितेका छन्।
अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्मको ४२ दशमलब १९५ किलोमिटर दूरी उनले ४ घन्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरे। उनले जीतसँगै १ लाख रुपैयाँ पुरस्कार पाए।
निर्धारित दूरी ४ घन्टा १७ मिनेट ४२ सेकेन्डमा पार गरेर नेपाल आर्मीकै पूर्ण तामाङ दोस्रो भए। तेस्रो स्थान हासिल गरेका नेपाल आर्मीकै होमलाल श्रेष्ठले ४ घन्टा २० मिनेट ३८ सेकेन्डमा दूरी पार गरे। म्याराथनमा दोस्रो र तेस्रो हुनेले क्रमशः ७० हजार र ५० हजार रुपैया“ पुरस्कार पाए।
म्याराथनमा रुपबहादुर बुढा, भूमिराज राई, अनिलकुमार वाइबा, दुर्गाराज बुढामगर, रुपलाल बुढामगर, शेरबहादुर थापा र दामोदर बुढामगरले चौंथोदेखि दशौंसम्मको स्थान ल्याए। म्याराथनमा ६१ धावक सहभागी थिए।
अन्नपूर्ण आधार शिविरबाट सुरु भएको म्याराथन माछापुच्छे« आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइ“ले, टाडापानी, भैंसीखर्क हु“दै घान्द्रुकमा समापन भएको थियो।
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव अन्तर्गत ‘अन्नपूर्ण डे’ का अवसरमा म्याराथन आयोजना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।