काठमाडाैं- इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले युवा विंगर जेडन सान्चोलाई अनुबन्धित गरेको छ।
इङ्लिस खेलाडी सान्चोलाई जर्मन क्लब बोरुसिया डर्टमण्डबाट युनाइटेडले अनुबन्धित गरेको हो।
२१ वर्षीय सान्चोले युनाइटेडसँग पाँच वर्षको सम्झौता गरेका छन्। उनी २०२६ सम्म क्लबमा रहने छन्।
सान्चोले डर्टमण्डका लागि १ सय ३७ खेलमा ५० गोल गरेका छन्। उनले ५७ असिस्ट समेत गरेका छन्।
सान्चो २०१५ मा म्यानचेस्टर सिटीको एकेडेमीमा आबद्द भएका थिए। दुई वर्ष सिटीको एकेडेमीमा बसेर उनी २०१७ मा डर्टमण्ड पुगेका थिए।
सान्चोले इङ्ल्यान्डका लागि २२ खेलमा ३ गोल गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।