काठमाडाैं- फ्रान्स तथा रियल मड्रिडका फरवार्ड करिम बेन्जेमालाई काेराेना संक्रमण पुष्टि भएकाे छ। ला लिगा क्लब रियलले शुक्रबार बेन्जिमाकाे रिपाेर्ट पोजिटिभ देखिएको जानकारी दिएकाे हाे।
बेन्जेमाले शुक्रबार प्रशिक्षण सुरु गर्न अपेक्षा गरिएको थियो। तर, काेराेना संक्रमण पुष्टि भएसँगै उनी रियल नजाने भएका छन्।
उनी फ्रान्सको लियोनमा बसिरहेका छन्। ३३ वर्षीया बेन्जेमा १० दिनसम्म हाेम क्वारेन्टिनमा बस्ने जनाइएकाे छ।
फ्रान्स २८ जूनमा युराेकपबाट बाहिरिएपछि उनी मैदान छिरेका छैनन्।
रियलले याे सिजनकाे पहिलो खेल १४ अगस्टमा डेपोर्टिभो अलाभेससँग खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।