काठमाडाैं- फरवार्ड रन्जन विष्ट न्युरोड टिम (एनआरटी)मा अनुबन्धित भएका छन्।
यस अगाडि मनाङ मर्स्याङ्दी क्लबमा रहेका रन्जनलाई एनआरटीले भित्र्याएकाे हाे।
रन्जन आसन्न ‘ए’ डिभिजन लिगसम्म एनआरटीमा रहनेछन्। उनले कतिमा सम्झौता गरेका हुन् त्याे खुलाइएकाे छन्।
‘ए’ डिभिजनमा उनको यो चौथो क्लब हो। यसअघि उनले विभागीय नेपाल एपीएफ, मनाङ, थ्री स्टारबाट खेलेका थिए।
थ्री स्टारमा दुई सिजन बिताएपछि उनी पुनः मनाङ फर्किएका थिए। रन्जनले गत जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीबाट खेलेका थिए। ललितपुर प्ले आफसम्म पुग्न सफल भएको थियो।
एनआरटीले यो सिजन लिगका लागि एनएसएलमा उच्च प्रदर्शन गर्दै काठमाडौं रेजर्सलाई च्याम्पियन बनाएका विदेशी खेलाडीद्धय मेसुके ओलुमोउ र स्टेफन समिरलाई अनुबन्ध गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।