काठमाडौं–वर्किङ भिषामा अमेरिका पठाउने भन्दै ७४ लाख भन्दा बढी ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगीको आरोपमा तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा कपिलवस्तु वाणगंगा नगरपालिका–४ का २४ वर्षीय विकास भनिने बिनोद भुसाल, पोखरा महानगरपालिका–२ मिरुवाका ३१ वर्षीय पुकार गुरुङ र पोखरा–१२ रानिपौवाका ३० वर्षीय प्रकाश गुरुङ छन् । अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिहरुको खातामा ७४ लाख ९ हजार ५ सय रुपैयाँ जम्मा गर्न लगाई ठगी गरेको सिआइबीका प्रवक्ता श्यामकुमार महतोले बताए।
पक्राउ परेका मध्ये भुसालले यसअघि अमेरिकामा रहेका थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनि २५ लाख ठगी गरेको कसुरमा समेत कारबाही भएका व्यक्ति भएको पाइएको छ।
पीडितहरुलाई अमेरिकामा रहेकी भनिएकी दिव्या राणाले कृषि फर्ममा वर्किङ भिषा दिलाउँछ भनि प्रलोभन देखाएका थिए।उनीहरुले काठमाडौंस्थित अमेरिकी दूतावासको नक्कली कागजातासमेत बनाएर पीडितलाई दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।