• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेमा नयाँ विकासक्रम : एकतातर्फ यसरी मोडियो अन्तरद्वन्द्व

64x64
डिबी खड्का बिहीबार, साउन ७, २०७८  २२:०२
1140x725

काठमाडौं– नेकपा एमालेमा बुधबार रातिदेखि नयाँ घटनाक्रम विकास भएको छ। एमाले उपाध्यक्ष भीम रावलसहित दोस्रो तहका नेताहरुको बुधबार रातिदेखि बिहीबारसम्मको सक्रियतासँगै शीर्ष नेताद्वय, अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल संवाद गर्न राजी भएका छन्। 

दोस्रो तहका नेताहरुले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई बिहीबार भेटेर संवादबाट समाधान खोज्न दबाब दिएका थिए। सोही दबाबस्वरुप उनीहरु संवाद गरेर सहमतिको प्रयासका लागि तयार भएका हुन्। 

बुधबार रातिदेखि सक्रिय दोस्रो तहका नेताहरुले बिहानै बालकोट पुगेर अध्यक्ष ओली र कोटेश्वर पुगेर नेपालसँग भेट गरेका थिए। बालकोटमा उनीहरुले झन्डै चार घन्टा छलफल गरेको स्रोतले बताएको छ। उक्त छलफलबाट आफू उत्साहित भएको सहभागी एक नेताले बताए। उनले भने, ‘अहिले यत्ति संकेत गरें, हामीले एकताका लागि निरन्तर गरिरहेको प्रयास खेर नजाने ठाउँमा पुग्न थालेको छ।’

ओलीलाई संवादका लागि राजी बनाएपछि उनीहरुले नेपाललाई भेटेका थिए। समस्या समाधानको बिन्दु पहिल्याएर एकता प्रक्रियालाई अघि बढाउन ओली राजी भएको सन्देश नेपाललाई दिएका थिए। त्यसपछि दुवै नेताहरुले समय मिलाएर भेट्ने सहमति भएको थियो। 

उक्त छलफलमा सहभागी एमाले नेता सुवासचन्द्र नेम्वाङले भने, ‘आज वा भोलि भेट्ने हो भनेर भन्नुभएको छ। भरसक आजै भेट्ने कुरा थियो।’

संवादपछि ‘आममाफी’ घोषणा
एकता प्रयासमा सकारात्मक पहल अघि बढेपछि एमालेको केन्द्रीय कमिटी बैठकले बिहीबार साँझ एकता प्रयासलाई कायम राख्ने निर्णय गरेको छ। त्यसअघि ओलीले नेपाल पक्षलाई लक्ष्य गर्दै ‘आममाफी’ दिने घोषणा गरेका थिए।

नेपाल पक्षलाई स्पष्टिकरण समेत सोधेर जवाफ आइरहेको समयमा उनले भने, ‘बाटो बिराएका र भड्किएकालाई आममाफी भयो।’ यसैगरी त्यहीँ उनले एकताका लागि आह्वान समेत गरे। पुष्पलालबाट प्ररेणा लिएर एकजुट हुँदै अघि बढ्नुपर्ने बताए। 

उनले भने, ‘पद र स्वार्थका कुरा छाडौं। देशका कुरा गरौं। एकताका कुरा गरौं। आउनुहोस् मिलेर काम गरौं।’ मिलेर काम गरेर पार्टीलाई मजबुत बनाउनुपर्ने बताउँदै उनले एकजुट हुन आह्वान गरेका हुन्। उनले थपे, ‘आउनोस् मिलेर काम गरौं। यस आन्दोलन मजबुत पारौं। एकजुट भएर जाउँ।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यसलगत्तै बसेको केन्द्रीय कमिटीको समापन बैठकले एकताका लागि भइरहेका छलफल कायम राख्ने निर्णय गर्‍यो। बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले, ‘आज बैठकको समापन मात्रै थियो, मूलतः पार्टीको एकतालाई कायम राख्नका निम्ति भइरहेको छलफलका विषयमा थप छलफल गरेका छौं। एकताका प्रयासलाई निरन्तरता दिने निर्णय गरेका छौं।’

नेपाल पक्षप्रति खास सकारात्मक रुपमा प्रस्तुत नभएको बैठकले आकस्मिक रुपमा सवैलाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गर्नुका पछाडि त्यही संवादको भूमिका रहेको थियो।

रोकियो नेपालको स्पष्टिकरण र रावलको राजिनामा 
बिहीबार दिउँसो विकसित यी घटनाक्रमपछि एमालेका वरिष्ठ नेता नेपालले ओलीलाई पठाउन तयार पारिसकेको स्पष्टिकरण पत्रको जवाफ रोकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसदलाई बुधबार मात्रै स्पष्टिकरण पत्र थमाइएको थियो। उनीहरुलाई २४ घन्टाभित्र जवाफ दिन भनिएको थियो। 

नेपाल पक्षले बिहीबार स्पष्टिकरणको जवाफ तयार गर्‍यो। नेपालनिकट कानुन व्यवसायीहरुले उक्त जवाफको ड्राफ्ट गरेका थिए। नेपालको समेत जवाफ तयार भएपनि बुझाउने समयमा भने रोकियो। अन्य सांसदलाई भने संवादको वातावरण बनिरहेको विषयमा जानकारी गराइएन। जानकारी नपाएका १९ सांसदले स्पष्टिकरण पेश समेत गरिसकेका छन्। स्पष्टिकरणका विषयमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘माधव नेपालसहित ३ जनाको आउन बाँकी छ। १९ जनाको प्राप्त भइसक्यो।’ उनले पनि संवाद सकारात्मक दिशामा अघि बढिरहेकाले नेपालको स्पष्टिकरण नआएको संकेत गरे। 

यसैगरी साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि सांसद पद र पार्टी उपाध्यक्षबाट राजिनामा घोषणा गरेका रावल निष्क्रिय थिए। बुधबार बेलुकी वरिष्ठ नेता नेपालसँगको भेटपछि उनले एकताका लागि फेरि प्रयत्न गर्ने बताएका थिए। नभन्दै रातिदेखि नै उनी सक्रिय भए। 

नेताहरुबीच संवादको वातावरण बनेपछि भने अब रावलले सभामुखलाई बुझाएको राजीनामा फिर्ता लिने भएका छन्।

कहिले आउला ‘सरप्राइज’ !
संवादमा सक्रिय नेताहरुका अनुसार अघिल्ला वार्ताहरु भन्दा यसपल्ट मिलनबिन्दू स्पष्ट देखिएको छ। त्यसैले एक दुई दिनमै एमालेको अन्तरद्वन्द्वमा ‘सरप्राइज’ आउने दाबी गरिएको छ। बिहीबार बिहान पुष्पलालको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता नेपालले अब अपमान सहेर एमालेमा नबस्ने बताएका थिए। उनले परिस्थिति के हुन्छ भनेर आफूले हेरिरहेको बताउँदै भनेका थिए, ‘आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुन्न। तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन।’

उनलाई स–सम्मान एमालेमा आउने वातावरण बन्न थालेको बताइएको छ। त्यसका लागि नेपाललाई अधिकारसहितको दोस्रो अध्यक्ष वा संसदीय दलको नेता बनाउने संकेत एक नेताले गरे। नेपालले भने रावललगायतलाई ‘हस्ताक्षर चल्ने अध्यक्ष’ आफ्नो बटमलाइन भएको बताएको उल्लेख गर्दै उनले भने, ‘संसदीय दलको नेता तत्काल चुुन्न सकिने भएकाले अहिलेलाई यही बाटोबाट ‘पावर सेयरिङ’ गर्ने र पछि दोस्रो अध्यक्ष समेत बनाएर अघि बढ्ने सहमति पनि हुन सक्छ, तर यसमा कुरा हुन बाँकी छ।’

बुधबार साँझ रावललाई भेट्न टोखास्थित निवासमै पुगेका वरिष्ठ नेता नेपालसमक्ष रावलले आफूले एकताका लागि ठूलो प्रयत्न गरेको तर त्यसको स्वामित्व नलिइदिएर नेपाललेसमेत आफ्नो ‘चित्त दुखाएको’ गुनासो गरेका थिए। बिहीबार बिहानै रावल नेपाललाई भेट्न एमालेका दोस्रो तहका अरु नेतासहित कोटेश्वरस्थित निवासमा पुगे। त्यसक्रममा पनि रावलले ‘पार्टी म मिलाउँछु, तपाईंले मलाई विश्वास गर्नुस्’ भनेका थिए। ‘त्यसपछि माधव नेपालले आफ्ना बटमलाइन पनि प्रष्टसँग राख्नुभो र अघि बढ्नुस् भन्नुभो’, रावलनिकट स्रोतले नेपाल लाइभसँग भन्यो, ‘त्यसपछि उहाँहरु अध्यक्ष ओलीलाई भेट्न जानुभो, माधव नेपालका कन्सर्नहरु पनि सुनाउनुभो, त्यसमा ओली पनि सकारात्मक देखिनुभएको छ।’

त्यो ‘सकारात्मक संकेत’को पटाक्षेप बिहीबार नै ओली–नेपाल भेटवार्तामार्फत् गराउने तयारी भए पनि बिहीबार भने त्यो सम्भव भएन। विघटित कार्यदलका सदस्यहरुबीचमै ‘मुलभुत समझदारी’ गरिसकेपछि ओली र नेपालबीच भेट हुने लगभग तय भएको छ। तर, यसबीचमै सकेसम्म चाँडै दुवै नेताको भेट गराउन आफूहरु प्र्रयासरत रहने कार्यदलका एक सदस्यले बताए। 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  २२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्