• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ११, २०८२ Thu, Nov 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेमा नयाँ विकासक्रम : एकतातर्फ यसरी मोडियो अन्तरद्वन्द्व

64x64
डिबी खड्का बिहीबार, साउन ७, २०७८  २२:०२
1140x725

काठमाडौं– नेकपा एमालेमा बुधबार रातिदेखि नयाँ घटनाक्रम विकास भएको छ। एमाले उपाध्यक्ष भीम रावलसहित दोस्रो तहका नेताहरुको बुधबार रातिदेखि बिहीबारसम्मको सक्रियतासँगै शीर्ष नेताद्वय, अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल संवाद गर्न राजी भएका छन्। 

दोस्रो तहका नेताहरुले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई बिहीबार भेटेर संवादबाट समाधान खोज्न दबाब दिएका थिए। सोही दबाबस्वरुप उनीहरु संवाद गरेर सहमतिको प्रयासका लागि तयार भएका हुन्। 

बुधबार रातिदेखि सक्रिय दोस्रो तहका नेताहरुले बिहानै बालकोट पुगेर अध्यक्ष ओली र कोटेश्वर पुगेर नेपालसँग भेट गरेका थिए। बालकोटमा उनीहरुले झन्डै चार घन्टा छलफल गरेको स्रोतले बताएको छ। उक्त छलफलबाट आफू उत्साहित भएको सहभागी एक नेताले बताए। उनले भने, ‘अहिले यत्ति संकेत गरें, हामीले एकताका लागि निरन्तर गरिरहेको प्रयास खेर नजाने ठाउँमा पुग्न थालेको छ।’

ओलीलाई संवादका लागि राजी बनाएपछि उनीहरुले नेपाललाई भेटेका थिए। समस्या समाधानको बिन्दु पहिल्याएर एकता प्रक्रियालाई अघि बढाउन ओली राजी भएको सन्देश नेपाललाई दिएका थिए। त्यसपछि दुवै नेताहरुले समय मिलाएर भेट्ने सहमति भएको थियो। 

उक्त छलफलमा सहभागी एमाले नेता सुवासचन्द्र नेम्वाङले भने, ‘आज वा भोलि भेट्ने हो भनेर भन्नुभएको छ। भरसक आजै भेट्ने कुरा थियो।’

संवादपछि ‘आममाफी’ घोषणा
एकता प्रयासमा सकारात्मक पहल अघि बढेपछि एमालेको केन्द्रीय कमिटी बैठकले बिहीबार साँझ एकता प्रयासलाई कायम राख्ने निर्णय गरेको छ। त्यसअघि ओलीले नेपाल पक्षलाई लक्ष्य गर्दै ‘आममाफी’ दिने घोषणा गरेका थिए।

नेपाल पक्षलाई स्पष्टिकरण समेत सोधेर जवाफ आइरहेको समयमा उनले भने, ‘बाटो बिराएका र भड्किएकालाई आममाफी भयो।’ यसैगरी त्यहीँ उनले एकताका लागि आह्वान समेत गरे। पुष्पलालबाट प्ररेणा लिएर एकजुट हुँदै अघि बढ्नुपर्ने बताए। 

उनले भने, ‘पद र स्वार्थका कुरा छाडौं। देशका कुरा गरौं। एकताका कुरा गरौं। आउनुहोस् मिलेर काम गरौं।’ मिलेर काम गरेर पार्टीलाई मजबुत बनाउनुपर्ने बताउँदै उनले एकजुट हुन आह्वान गरेका हुन्। उनले थपे, ‘आउनोस् मिलेर काम गरौं। यस आन्दोलन मजबुत पारौं। एकजुट भएर जाउँ।’

Ncell 2
Ncell 2

त्यसलगत्तै बसेको केन्द्रीय कमिटीको समापन बैठकले एकताका लागि भइरहेका छलफल कायम राख्ने निर्णय गर्‍यो। बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले, ‘आज बैठकको समापन मात्रै थियो, मूलतः पार्टीको एकतालाई कायम राख्नका निम्ति भइरहेको छलफलका विषयमा थप छलफल गरेका छौं। एकताका प्रयासलाई निरन्तरता दिने निर्णय गरेका छौं।’

नेपाल पक्षप्रति खास सकारात्मक रुपमा प्रस्तुत नभएको बैठकले आकस्मिक रुपमा सवैलाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गर्नुका पछाडि त्यही संवादको भूमिका रहेको थियो।

रोकियो नेपालको स्पष्टिकरण र रावलको राजिनामा 
बिहीबार दिउँसो विकसित यी घटनाक्रमपछि एमालेका वरिष्ठ नेता नेपालले ओलीलाई पठाउन तयार पारिसकेको स्पष्टिकरण पत्रको जवाफ रोकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसदलाई बुधबार मात्रै स्पष्टिकरण पत्र थमाइएको थियो। उनीहरुलाई २४ घन्टाभित्र जवाफ दिन भनिएको थियो। 

नेपाल पक्षले बिहीबार स्पष्टिकरणको जवाफ तयार गर्‍यो। नेपालनिकट कानुन व्यवसायीहरुले उक्त जवाफको ड्राफ्ट गरेका थिए। नेपालको समेत जवाफ तयार भएपनि बुझाउने समयमा भने रोकियो। अन्य सांसदलाई भने संवादको वातावरण बनिरहेको विषयमा जानकारी गराइएन। जानकारी नपाएका १९ सांसदले स्पष्टिकरण पेश समेत गरिसकेका छन्। स्पष्टिकरणका विषयमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘माधव नेपालसहित ३ जनाको आउन बाँकी छ। १९ जनाको प्राप्त भइसक्यो।’ उनले पनि संवाद सकारात्मक दिशामा अघि बढिरहेकाले नेपालको स्पष्टिकरण नआएको संकेत गरे। 

यसैगरी साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि सांसद पद र पार्टी उपाध्यक्षबाट राजिनामा घोषणा गरेका रावल निष्क्रिय थिए। बुधबार बेलुकी वरिष्ठ नेता नेपालसँगको भेटपछि उनले एकताका लागि फेरि प्रयत्न गर्ने बताएका थिए। नभन्दै रातिदेखि नै उनी सक्रिय भए। 

नेताहरुबीच संवादको वातावरण बनेपछि भने अब रावलले सभामुखलाई बुझाएको राजीनामा फिर्ता लिने भएका छन्।

कहिले आउला ‘सरप्राइज’ !
संवादमा सक्रिय नेताहरुका अनुसार अघिल्ला वार्ताहरु भन्दा यसपल्ट मिलनबिन्दू स्पष्ट देखिएको छ। त्यसैले एक दुई दिनमै एमालेको अन्तरद्वन्द्वमा ‘सरप्राइज’ आउने दाबी गरिएको छ। बिहीबार बिहान पुष्पलालको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता नेपालले अब अपमान सहेर एमालेमा नबस्ने बताएका थिए। उनले परिस्थिति के हुन्छ भनेर आफूले हेरिरहेको बताउँदै भनेका थिए, ‘आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुन्न। तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन।’

उनलाई स–सम्मान एमालेमा आउने वातावरण बन्न थालेको बताइएको छ। त्यसका लागि नेपाललाई अधिकारसहितको दोस्रो अध्यक्ष वा संसदीय दलको नेता बनाउने संकेत एक नेताले गरे। नेपालले भने रावललगायतलाई ‘हस्ताक्षर चल्ने अध्यक्ष’ आफ्नो बटमलाइन भएको बताएको उल्लेख गर्दै उनले भने, ‘संसदीय दलको नेता तत्काल चुुन्न सकिने भएकाले अहिलेलाई यही बाटोबाट ‘पावर सेयरिङ’ गर्ने र पछि दोस्रो अध्यक्ष समेत बनाएर अघि बढ्ने सहमति पनि हुन सक्छ, तर यसमा कुरा हुन बाँकी छ।’

बुधबार साँझ रावललाई भेट्न टोखास्थित निवासमै पुगेका वरिष्ठ नेता नेपालसमक्ष रावलले आफूले एकताका लागि ठूलो प्रयत्न गरेको तर त्यसको स्वामित्व नलिइदिएर नेपाललेसमेत आफ्नो ‘चित्त दुखाएको’ गुनासो गरेका थिए। बिहीबार बिहानै रावल नेपाललाई भेट्न एमालेका दोस्रो तहका अरु नेतासहित कोटेश्वरस्थित निवासमा पुगे। त्यसक्रममा पनि रावलले ‘पार्टी म मिलाउँछु, तपाईंले मलाई विश्वास गर्नुस्’ भनेका थिए। ‘त्यसपछि माधव नेपालले आफ्ना बटमलाइन पनि प्रष्टसँग राख्नुभो र अघि बढ्नुस् भन्नुभो’, रावलनिकट स्रोतले नेपाल लाइभसँग भन्यो, ‘त्यसपछि उहाँहरु अध्यक्ष ओलीलाई भेट्न जानुभो, माधव नेपालका कन्सर्नहरु पनि सुनाउनुभो, त्यसमा ओली पनि सकारात्मक देखिनुभएको छ।’

त्यो ‘सकारात्मक संकेत’को पटाक्षेप बिहीबार नै ओली–नेपाल भेटवार्तामार्फत् गराउने तयारी भए पनि बिहीबार भने त्यो सम्भव भएन। विघटित कार्यदलका सदस्यहरुबीचमै ‘मुलभुत समझदारी’ गरिसकेपछि ओली र नेपालबीच भेट हुने लगभग तय भएको छ। तर, यसबीचमै सकेसम्म चाँडै दुवै नेताको भेट गराउन आफूहरु प्र्रयासरत रहने कार्यदलका एक सदस्यले बताए। 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  २२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
फेरि सर्‍यो काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पटक पटक सर्दै आएको बैठक भोलि (मंसिर ११) गतेका लागि तय भएको थियो । बुधबार, मंसिर १०, २०८२
विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको उक्त सभामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्र... बुधबार, मंसिर १०, २०८२
रास्वपा र विवेकशील साझाबीच एकता हुँदै, आइतबार घोषणा हुने विवेकशीलको जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको ‘वैकल्पिक राजनीतिक दलबीचको बृ... बुधबार, मंसिर १०, २०८२
ताजा समाचारसबै
एनपीएल- पहिलो जीत हात पार्ने दाउमा जनकपुर र पोखरा बिहीबार, मंसिर ११, २०८२
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने बिहीबार, मंसिर ११, २०८२
यस्तो रहनेछ आज देशभरको मौसम बिहीबार, मंसिर ११, २०८२
के हो स्ट्रेस इटिङ्ग? बिहीबार, मंसिर ११, २०८२
फेरि सर्‍यो काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ बुधबार, मंसिर १०, २०८२
एनपीएल-२ : विराटनगरको पहिलो हार, रञ्जितले लिए पाँच विकेट बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्