काठमाडौं- टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा जापानको यू २३ टिमले दक्षिण अफ्रीकाको यू २३ टिमलाई पराजित गरेको छ।
टोकियोमा बिहीबार सम्पन्न खेलमा आयोजक जापानले दक्षिण अफ्रीकालाई १-० गोल अन्तरले पराजित गरेको हो।
जापानको जितमा ताकेफुसा कुबोले निर्णायक गोल गरे। उनले ७१औं मिनेटमा गोल गरेका थिए।
जितसँगै समूह ‘ए’ को जापानले ३ अंक जोडेको छ। दक्षिण अफ्रीकाले भने हारबाट ओलम्पिकको सुरुवात गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।