काठमाडाैं- नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।
गृह मन्त्रालयले बढुवा सिफारिससम्बन्धी सूची सार्वजनिक गरी राणालाई बढुवा सिफारिस गरिएको जनाएको छ।
जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव निरजबहादुर शाहीले जानकारी दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।