काठमाडौं– कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो लहरका कारण स्थगित भएको नेपाली सेनाको भर्ना पक्रिया पुन: सुरु भएको छ।
कोभिड संक्रमणदर केही घटेर स्थिति सहज भएको भन्दै नेपाली सेनाले यसअघि स्थगित भएको भर्ना पक्रिया पुन: सुरु गरिन लागिएको जनाएको छ।
नेपाली सेनाले यही साउन १० गतेदेखि भर्ना पक्रिया पुन: शुरु गर्न लागिएको जनाएको छ।
गत वैशाख ३१ गते स्थगित भएको विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादारको भर्ना प्रक्रिया साउन १० गतेबाट सुरु गरिन लागिएको हो।
हेर्नुहोस्, कुन पदको भर्ना कहिलेदेशि पुन: सुरु हुँदैछ–
| सि.नं. |
विज्ञापन नम्बर |
पद |
पदपूर्तिको किसिम |
स्थगित गरिएको परीक्षाको विवरण |
स्थगित गरिएको मिति |
पुन: सञ्चालन हुने मिति |
| १ |
मिति २०७७/१०/२२ गते, ०७७/७८/१२ |
सि.सं.६२ अधिकृत क्याडेट |
खुला तथा समावेशी |
वियरिङ्ग, प्रि-मेडिकल तथा शारीरिक परीक्षा |
२०७८/०१/१५ |
श्रावण महिनाको अन्तिम हप्ताबाट |
| २ |
मिति २०७७/०७/१२ गतेको आन्तरिक परिपत्र |
सि.सं. ४९ पदिक तथा हुद्धा अधिकृत क्याडेट |
आन्तरिक प्रतिष्पर्धा |
बोर्ड अन्तर्वार्ता |
२०७८/०१/२९ |
२०७८/०४/१६ गते बोर्ड अन्तर्वार्ता |
| ३ |
मिति २०७८/०१/०५ गतेको आन्तरिक परिपत्र |
विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार |
आन्तरिक प्रतिष्पर्धा |
दरखास्त संकलन |
२०७८/०१/३१ |
मिति २०७८/०४/१० गतेबाट मिति २०७८/०४/२४ गतेसम्म |
| ४ |
मिति २०७७/०९/२१ गतेको ०७७/७८/१, २, ३ र मिति २०७७/०९/२८ गतेको आन्तरिक परिपत्र |
लेखा जमदार, पुजारी हुद्धा र अमल्दार कर्मचारी |
खुला तथा समावेशी र आन्तरिक परिपत्र |
लिखित परीक्षाको नतिजा |
२०७७/११/२०, २१ र २२ गते लोकसेवा आयोगबाट लिखित परीक्षा सञ्चालन भएको |
श्रावण महिनाको अन्तिम हप्ता नतिजा प्रकाशन |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।