काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। आर्मीले समूह 'ए' को खेलमा प्रदेश ४ लाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।
मूलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नम्बर प्रदेश चार २९ ओभरमा ७६ रनमा अलआउट भयो। उसका लागि अनिल गुरुङले सर्वाधिक ४२ रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए। प्रदेश ४ का ६ खेलाडीले खाता खोल्नै सकेनन्। प्रदेश ४ लाई सस्तैमा आउट गर्न आर्मीका विक्रम सोव, साहव आलम र सागर पुनले समान ३–३ विकेट लिए।
७७ रनको लक्ष्य आर्मीले १६.४ ओभरमा१ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। आर्मीको जितमा सागर पुनले २६ तथा अनिल मण्डलले २८ र नरेश बुढाऐरले १० रनको योगदान गरे। अलराउण्ड प्रदर्शन गरेका सागर पुन खेलको म्याच अफ द म्याच चुनिए। जितसँगै आर्मीले अन्तिम खेलअघि ६ अंक जोडेर सेमिफाइनलमा स्थान बनायो।
टियू मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश ५ ले पनि कर्णालीलाई ९ विकेटले हरायो। जितसँगै प्रदेश ५ ले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्दा पराजयसँगै कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ। कार्णालीले समूह 'बी'को चार खेलबाट उसले १ अंकमात्र जोड्न सक्यो।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली २२.५ ओभरमा ५५ रनमा अलआउट भयो। उसका लागि विजय विष्टले १७ रन बनाउदा बाँकी कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन् ।
प्रदेश ६ लाई सस्तैमा आउट गर्न देश ५ का कप्तान कप्तान शक्ति गौचनले शानदार बलिङ गरे। ६ ओभर बलिङ गरेका शक्तिले ३ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए। उनी खेलको म्यान अफ म्याच चुनिए। त्यस्तै विक्रम भुसालले पनि ३ विकेट नै झारे।
५६ रनको लक्ष्य प्रदेश ५ ले १० ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। उसको जितमा शंकर रानाले २९ तथा सन्दिप सुनारले २७ रन बनाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।