काठमाडौं- टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा अष्ट्रेलियाको यू २३ टिमले अर्जेन्टिनाको यू २३ टिमलाई पराजित गरेको छ।
जापानको सप्पोरो डोममा बिहीबार सम्पन्न खेलमा अष्ट्रेलियाले १० खेलाडीमा सिमित अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो।
अष्ट्रेलियाको जितमा लाक्लन वेल्स र मार्को टिलियोले समान एक गोल गरे। १३औं मिनेटमा वेल्सले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा अर्जेन्टिना १० खेलाडीमा समेटियो। अर्जेन्टिनाका फ्रान्सिस्को दोहोरो पहेलो कार्ड पाएपछि मैदान छाडेका थिए।
त्यसको फाइदा उठाउँदै अस्ट्रेलियाले ८०औं मिनेटमा दोस्रो गोल गर्यो। उसका लागि मार्कोले गोल गरेका हुन्। बाँकी समय गोल हुन नसक्दा अष्ट्रेलियाले खेल २-० ले आफ्नो पक्षमा पार्यो।
जितसँगै समूह ‘सी’ को अष्ट्रेलियाले ३ अंकसहित शीर्षस्थानमा छ। अर्जेन्टिनाले भने हारबाट ओलम्पिकको सुरुवात गरेको छ।
आजै समपन्न यसै समूहकाे खेलमा स्पेन र इजिप्टको समान १ अंक बाँढेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।