काठमाडाैं- टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा मेक्सिको यू २३ टिमले फ्रान्स यू २३ टिममाथि फराकिलो जित हात पारेकाे छ।
एजिनोमोटो स्टेडियम चोफु, जापानमा बिहीबार सम्पन्न खेलमा मेक्सिकोले ४-१ ले खेल आफ्नो पक्षमा पारेको हो।
मेक्सिकोका लागि एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डाेभा, कार्लाेस एन्टुना र इडुआर्डाे एगुएरेले समान एक गोल गरे। फ्रान्सका आन्द्रे पिएरे जिग्नाकले सान्त्वना गोल फर्काए।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा ५ गाेल भएकाे हाे। ४७औं मिनेटमा एर्नेस्टो भेगाको गोलबाट मेक्सिकोले अग्रता लिएको थियो।
त्यस्तै, ५४औं मिनेटमा फ्रान्सिस्को कोर्डाेभाले गोल गर्दै अग्रता दोब्बर बनाए। ६८औं मिनेटमा फ्रान्सका कोलो मौनी रन्दललाई मेक्सिकोका मोन्टेस सिजरले फउल गरेपछि पेनाल्टीको अवसर पाएको थियो।
जसलाई आन्द्रे पिएरे जिग्नाकले सदुपयाेग गर्दै खेल २-१ को अवस्थामा ल्याए।
८०औं मिनेटमा कार्लाेस एन्टुनाले गोल गरेपछि गर्दै खेल ३-१ मा पुर्याए। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इडुआर्डाेले गोल गर्दै मेक्सिकोलाई ४–१ को सानदार जित दिलाए।
जितसँगै समूह ‘ए’ मा रहेकाे मेक्सिकोको ३ अंक जाेडेकाे छ। फ्रान्स अंकविहीन हुँदै पुछारमा छ। यस्तै, अर्काे खेलमा स्पेनको यू २३ टिम आफ्नो पहिलो खेलमा इजिप्टको यू २३ टिमसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
बराबरीपछि समूह ‘सी’ मा स्पेन र इजिप्टको समान १ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।