सांकेतिक तस्वीर
काठमाडौं–चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा मृत भेटिएका व्यक्ति नेपाली सेनाका जवान रहेको खुलेको छ।
टाउकोमा गोली लागेजस्तो अवस्थामा भेटिएका व्यक्ति सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत सेनाका जवान भरत गुरुङ रहेको खुलेको हो।
उनको घर धादिङको नीलकण्ठ नगरपालिका–१३ हो। गुरुङ मृत भेटिएको ठाउँ नजिकै गोलीका खोकासमेत बरामद हुनु र कन्चटमा गोलीको जस्तै चोट रहेकाले हत्या हुनसक्ने भन्दै चितवन प्रहरीले अनुसन्धान सुरु गरेको छ। शव पोष्टमार्टमका लागि भरतपुर पठाएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।