• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपालले भने– राजीनामा फिर्ता लिनुहोस्, भीम रावलको जवाफ– म फेरि सोच्छु

64x64
डिबी खड्का बुधबार, साउन ६, २०७८  २२:३६
1140x725

काठमाडौं- नेकपा एमालेको एकता कार्यदलले तयार पारेको १० बुँदे सहमति-पत्रको स्वामित्व अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले नलिइदिँदा आफूले सांसद पदबाट राजीनामा गरेको एमाले उपाध्यक्ष भीम रावलले बताएका छन्। 

बुधबार बेलुकी नेता नेपाल र सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाहसहित १४ जना सांसदसँग आफ्नै निवास टोखामा भएकाे भेटवार्तामा उनले यस्तो बताएका हुन्। 

मन्त्री शाहका अनुसार भेटमा नेपालले रावललाई राजीनामा फिर्ता लिन प्रस्ताव गर्दै भने, ‘मेरो चाहना पनि सबै समस्याविरुद्ध एकसाथ लडौं भन्ने नै छ। साथीहरुको चाहना पनि तपाईंले राजीनामा फिर्ता लिनुहोस् भन्ने छ।’

यसको जवाफमा रावलले आफूलाई एकताका लागि सक्रिय बनाएर दुवै पक्षका शीर्ष नेताहरुले त्यसको स्वामित्व नलिएकोमा चित्त दुखेको बताए। 

उनको जवाफ थियो, ‘मैले एकताका लागि इमान्दारीपूर्वक भूमिका खेलें। यसमा पार्टी अध्यक्ष, वरिष्ठ नेतालगायत सबैले धन्यवाद दिनुपर्नेमा इमान्दारीपूर्वक स्वामित्वसमेत लिने काम भएन। यसमा मेरो चित्त दुख्यो।’

किन पुगे नेपाल टोखा?
नेकपा कालदेखि नै वरिष्ठ नेता नेपालसँग निकट रहेर अन्तरसंघर्षको अग्रपंक्तिमा रहेका रावलले आइतबार एकाएक साथ छाडे। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने नेपालको चाहना विपरीत उनले सांसद पदबाटै राजीनामा दिएको घोषणा गरे। 

रावल आफूसँग नराम्रोसँग रिसाएको महसुस गरेका नेपालले भेट्ने बहाना खोजिरहेका थिए। यही सन्दर्भमा रावलसँग निकट नेपाल पक्षका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रीसमेत रहेका संसदीय दलका नेता शाह नेतृत्वको टोली काठमाडौं आइपुग्यो र रावललाई राजीनामा फिर्ता लिन दबाब दिन उनको निवास पुग्यो। 

एकपल्ट नेता रावलसँग भेट गरेपछि उक्त टोली नेपाल निवास कोटेश्वर पुग्यो। सुदूरपश्चिमको मात्रै होइन, देशकै नेता भएकाले रावललाई उक्त निर्णयबाट रोक्नुपर्ने माग नेपालसमक्ष शाहको टोलीले राख्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

शाह भन्छन्, ‘हामीले नेपाललाई भेटेर प्रस्ताव राख्यौं। उहाँ पनि एकचोटी भेटेर राजीनामा फिर्ताको प्रस्ताव राख्न तयारीमा हुनुहुँदोरहेछ। संयोगले हामी पनि राजीनामा फिर्ता लिन दबाब दिनका लागि उहाँको घरमा पुग्यौं। त्यसपछि आज सँगै रावलकहाँ पुगेर राजीनामा फिर्ताका लागि आग्रह गर्ने कुरा भएको हो।’ 

नेपालको योजना अन्य कुनै दिन भेट्ने रहेपनि सुदूरपश्चिमको नेपाल–रावलनिकट समूहले आग्रह गरेपछि बुधबार अपराह्न नेपाल रावललाई भेट्न उनकै निवास पुगेका हुन्। 

रावलसँगको भेटमा नेपालले पार्टी आन्दोलनका विषयमा एकै ठाउँ बसेर सल्लाह गर्नुपर्ने समय भएकाले राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। नेपालको भनाइ थियो, ‘पार्टी आन्दोलनका विषयमा एकै ठाउँ बसेर सल्लाह गरौंला। अहिले राजीनामा फिर्ता लिनुहोस्। हाम्रो पार्टीको तर्फबाट तपाईं हामी सबैलाई माया गर्नेको तर्फबाट हो भन्ने सम्झिदिनुहोस्।’

सुदूरपश्चिमका सांसदको दबाब– तपाईंले व्यक्तिगत निर्णय गर्न पाउनुहुन्न
सुदूरपश्चिमबाट रावललाई राजीनामा फिर्ता गराउन आएका मन्त्री र सांसदहरुले रावललाई आफ्नै मर्जीमा राजीनामा दिने छुट नभएको बताएका थिए। 

भेटमा उक्त टोलीका नेतृत्व गरेका मन्त्री शाहले भने, ‘हामीले तपाईंलाई व्यक्तिका रुपमा होइन, सर्वाधिक मत ल्याएर जितेको एमालेको उपाध्यक्षका रुपमा लिएका छौं। पदले उपाध्यक्ष भएपनि राष्ट्रियताका मामलामा अहिले प्रमुख नेता हो तपाईं। त्यसैले आफ्नै मर्जीले राजीनामा गर्ने छुट छैन।’

यसैगरी, सुदूरपश्चिमका सांसदहरुले देशभक्ति आन्दोलनको खम्बा भएकाले प्रतिनिधि सभाबाट अलग्गिन नसक्ने बताएका थिए। उनीहरुको भनाइ थियो, ‘तपाईं प्रतिनिधि सभाबाट अलग भएर एमसीसीदेखि लिएर कालापानी, लिम्पियाधुरा र लिपुलेकका साथै नागरिकता विधेयकहरु बलियो हुन्छन् भन्ने विश्वास छैन। प्रतिनिधि सभामा गएर नै सामना गर्न सक्छौं।’

राष्ट्रभक्तिको राजनीति गरेको नेता कमजोर हुँदा देश कमजोर हुने महसुस गर्न पनि उनीहरुले आग्रह गरेका थिए। आफ्नो मात्रै नभइ सुदूरपश्चिमको सरकार, पार्टी र संसदका साथै राष्ट्रिय चिन्ता रहेको उनीहरुले बताएका थिए।   

रावलको जवाफ– एकतामा लागेको मान्छेले कसरी मतदान गर्ने?
वरिष्ठ नेता नेपाल र सुदूरपश्चिम प्रदेशका नेताहरुको कुरा सुनेपछि प्रतिक्रियामा रावलले नेपालप्रति पनि गुनासो पोखे। नेपाललाई लक्षित गर्दै उनले भने, ‘मैले एकताका लागि पहल गरें। तपाईंले धन्यवाद दिनुपर्थ्याे। मलाई एकताका लागि भनेर पठाउने र उता एकता भाँड्ने काम भए। मलाई दुःख लाग्यो।’

मूल्यहीन राजनीतिको गोलचक्करमा फस्नुभन्दा आफूलाई नै समर्पण गर्नु उत्तम ठानेर राजीनामा गरेको उनले जवाफमा बताएका थिए। उनको भनाइ थियो– 'एकतामा सक्रिय भएको मान्छेले विश्वासको मत कसरी दिने?’

आफू अन्य १० नेताजस्तो तटस्थ पनि बस्न नहुने मान्यतामा रहेको उनले खोलेका छन्। उनले नेपालसमक्ष भने, ‘मतदान नगरेर तटस्थ बस्ने राजनीतिको कुनै मत हुँदैन। कि त मतदान गर्ने कि अस्वीकार गर्ने हो। तटस्थ मित्रहरुबीच गरिने राजनीति होइन।’

आफूलाई राजीनामा फिर्ता लिन दिइएको दबाबलाई लिएर एकपल्ट फेरि सोच्ने उनले बताएका छन्। ‘तपाईंहरु जस्तो शुभचिन्तक, सहयोद्धा र नेता कार्यकर्ताले आग्रह गर्नभएको छ। म यसबारे विचार गर्छु,’  उनले भने।

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  २२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा स... आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सरकारको सय दिने कामको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाएका हु... आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउन लागेका छन्। अर्थ मन्त्रालयको... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्