काठमाडौं- भोटेबहालस्थित एक घरबाट १२ जुवाडे पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो काठमाडौं महानगरपालिका ११, भोटेबहालमा रहेकाे दिनेशकुमार शेरचनको घरमा जुवा खेलिरहेका उनीहरूलाई नगदसहित पक्राउ गरेको हो।
जुवा अखडाबाट २ लाख ९१ हजार रूपैयाँ, ३ लाख ७० हजार रूपैयाँ बराबरको ५ थान चेक, तास बुकलगायत बरामद गरिएकाे वृत्तले जनाएको छ।
पक्राउ पर्नेमा ५० वर्षीय घरधनी शेरचनसहित हरिशरण थापा, राहुल गुप्ता, सुमन अधिकारी, क्षेत्रबहादुर मोक्तान, प्रकाश श्रेष्ठ, रञ्जना प्रधान, सिर्जना खत्री, सरिता मल्ल, लक्ष्मी बानियाँ, चिना नेम्वाङ र भारत गुजरातकी पुष्पा अली छिन्।
उनीहरूलाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत कारबाही थालिएको वृत्तले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।