• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
सन्दर्भ : पुष्पलाल स्मृति दिवस

पार्टीहरुले पुष्पलाललाई जस दिएनन्

केशरमणि पोखरेल बिहीबार, साउन ७, २०७८  ०७:३०
1140x725

नेपाल स्टुडेन्ट्स फेडेरेसनको केन्द्रीय सम्मेलनमा भाग लिन म २०१० सालमा काठमाडौं पुगेको थिएँ। कम्युनिष्ट पार्टीको सदस्यता पाइसकेको थिइनँ। सम्मेलनमा मनमोहन अधिकारी आउनुभएको थियो। उहाँ नेपाल कम्युनिष्ट पार्टीको महासचिव हुनुहुन्थ्यो।

त्यतिबेला मनमोहन, पुष्पलाल लगायत अधिकांश नेता भूमिगत थिए। कम्युनिष्ट पार्टी प्रतिबन्धित थियो। काठमाडौं पुगेपछि नेकपाका संस्थापक महासचिव पुष्पलाललाई पनि भेट्ने रहर थियो। तर, उहाँ काठमाडौंमा हुनुहुँदोरहेनछ। महासचिवबाट हटाएर गन्डक प्रान्तीय कमिटीको जिम्मा दिएर पठाइएको रहेछ।

त्यसपछि म पढ्न वनारस गएँ। वनारसको कमिटीले २०१४ सालमा पार्टी सदस्यता दियो। त्यहाँ आइए पढिसकेपछि बीए पढ्न २०१६ सालमा फेरि काठमाडौँ आएँ। त्यतिबेला नेकपाको पार्टी कार्यालय नरदेवी नजिक थियो। पुष्पलालसँग मेरो पहिलो भेट त्यही पार्टी कार्यालयमा भएको हो।

म पहिलो पटक पार्टी कार्यालय पुग्दा धेरै केन्द्रीय नेता त्यहाँ हुनुहुन्थ्यो। मैले सबैलाई आफ्नो परिचय दिएँ। पुष्पलालले मसँग निकैबेर कुरा गर्नुभयो। अनि के सोच आयो कुन्नी ‘ल हिँड्नुस्’ भनेर बाहिर लिएर जानुभयो। बाटोमा कुराकानी गर्दै हिँड्यौँ। उहाँको घरसम्म पुगेँ, र चिया खाएर फर्केँ।

उहाँको व्यक्तित्व आकर्षक लाग्थ्यो। ठूलो अनुहार थियो। आँखा पनि ठूला थिए। उहाँ नेकपाको संस्थापक मात्र होइन शहीद परिवारको सदस्य पनि हुनुहुन्थ्यो। गंगालाल श्रेष्ठको भाइ भएको कारण पनि उहाँप्रति धेरै सम्मान थियो।

उहाँको व्यक्तित्व आकर्षक लाग्थ्यो। ठूलो अनुहार थियो। आँखा पनि ठूला थिए। उहाँ नेकपाको संस्थापक मात्र होइन शहीद परिवारको सदस्य पनि हुनुहुन्थ्यो। गंगालाल श्रेष्ठको भाइ भएको कारण पनि उहाँप्रति धेरै सम्मान थियो।

गंगालाललाई मृत्युदन्ड दिनुभन्दा केहीअघि उहाँका परिवारलाई भेट्न दिइएको थियो। गंगालालले पुष्पलाललाई ‘मैले बालेको दियो कहिल्यै निभ्न नदिनू’ भन्नुभएको रहेछ। वास्तवमा पुष्पलालले आफू बाँचुन्जेल आन्दाेलनको दियो निभ्न पनि दिनु भएन। उहाँ राणा शासन र पञ्चायतविरुद्ध लडिरहनुभयो।

तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ मा ‘कू’ गरे। पुष्पलाल काठमाडौँमै हुनुहुन्थ्यो। सरकारले उहाँको खोजी गरिरहेकाले भूमिगत हुनुभयो। त्यसपछि म उहाँसँग धेरै नजिक भएँ। भूमिगत रुपमा उहाँसँग पार्टीको कक्षा पनि लिएँ।

Ncell 2
Ncell 2
nimb
nimb

म पार्टीको स्टुडेन्ट फ्रन्टको सदस्य हुँदै सचिव भएँ। तेस्रो पार्टी महाधिवेशनमा स्टुडेन्ट फ्रन्टको तर्फबाट नै भाग लिएको हुँ। त्यो महाधिवेशनमा मैले पुष्पलाललाई साथ दिएको थिएँ। उहाँले ‘नयाँ जनवादी कार्यक्रम’ ल्याउनुभएको थियो। कांग्रेसलाई मित्रवत् शक्ति मानेर संयुक्त आन्दोलन गर्नुपर्ने उहाँको लाइन थियो। त्यसअघि दरभङ्गा प्लेनममा पनि उहाँले त्यही अडान राख्नुभएको थियो।

कम्युनिष्ट पार्टीमा विवाद र फुटको श्रृङ्खला सुरु भइसकेको थियो। तेस्रो महाधिवेशनले चुनेको पार्टी नेतृत्व निस्क्रिय भयो। पुष्पलालले केन्द्रीय कन्भेन्सनबाट आयोजक समिति बनाउनुभयो। म पनि त्यसको सदस्य भएँ।

पार्टी छिन्नभिन्न थियो। त्यसैले तेस्रो सम्मेलन गरेर पार्टी घोषणा गर्नुपर्ने अवस्था आयो। तर, सम्मेलनमा भाग लिन आउने सदस्य निश्चित गर्न देशभित्र कमिटीहरु आवश्यक थियो। त्यसका लागि हामी भूमिगत रुपमा नेपाल आयौँ। हामीले पुष्पलालसँग सम्पर्क गरेर उहाँको निर्देशनअनुसार नै काम गर्थ्यौं। फेरि हामी भारत फर्किएपछि तेस्रो सम्मेलन भयो। २०२५ सालमा भारतको गोरखपुरमा भएको सम्मेलनमा पुष्पलाल, हिक्मत सिंह र नारायणमान विजुक्छेसहित म पनि पार्टीको ‘हाइकमाण्ड’मा थिएँ।

सम्मेलनपछि म नौ महिना जेल परेँ। मलाई ‘एरिया बन्दी’ गरेर भैरहवामा राखिएको थियो। मेरो निगरानीमा एउटा पुलिस हुन्थ्यो। म घुम्न पाउँथे, तर भैरहवाबाट बाहिर जान पाउँदिन थिएँ। 

मेरो अवस्थाबारे पाटी नेतृत्वलाई खबर पठाएँ। नेतृत्वले भागेर भारत आउन भन्यो। म भैरहवाकै साथीहरुको सहयोगमा भारत पुगेँ। एक महिना भैरहवा बस्दा पार्टी सदस्यता दिएकै साथीहरुले भाग्न सहयोग गरे। मेरो निगरानीमा खटिएको प्रहरीलाई राति ‘शौचालय गर्न जाने’ बताएर लोटा झाडीतिरै फालेर भागेको थिएँ।

दुई जना साथीले मलाई भारत पुर्‍याए। हामी चोरबाटोबाट पैदलै सीमा नाघेका थियौँ। त्यहाँबाट रेल चढेर गोरखपुर गएँ। पश्चिमाञ्चल इन्चार्ज एकदेव आले त्यहाँ हुनुहुन्थ्यो। उहाँलाई भेटेपछि भोलिपल्ट वनारस गएँ। त्यहाँ पुष्पलालसँग भेट भयो। अनि फेरि पार्टी काममा जोडिएँ।

पञ्चायतकालको सुरुवातदेखि नै पुष्पलालले कांग्रेस र वामशक्ति मिलेर आन्दोलन गर्ने अडान राख्नुभयो। आफ्नो जीवनको अन्तिम अवस्थासम्म उहाँ त्यही अडानमा हुनुहुन्थ्यो। तर, उहाँको निधनपछि मात्र उहाँको सोचले सफलता पायो। तर, त्यसको जस पार्टीहरुले औपचारिक रुपमा उहाँलाई दिएका छैनन्। सबैले आफूलाई केन्द्रमा राखेर जस खोज्ने प्रवृत्ति छ।

मैले राजनीतिक जीवनको सुरुदेखि पुष्पलाल बाँचुन्जेल उहाँलाई नै साथ दिएँ। तर, उहाँलाई अन्तिम समयमा भेट गर्न सकिन। त्यति बेला म जेलमा थिएँ। २०३० सालमा ‘बर्रे काण्ड’ पछि जेल परेको हुँ।

लुम्बिनीमा किसानमाथि शोषण थियो। हामीले साहू सुदखोरलाई ठेगान लगाउने अभियान चलाएका थियौँ। त्यस अनुसार अर्घाखाँचीको सिद्धधारा गाउँ पञ्चायतका शोभाखर बेलबासेको घरमा कारबाही गरेर तमसुक जलाउने निर्णय भयो। उनी चर्को ब्याजमा ऋण दिने र नक्कली तमसुकसमेत बनाउने गर्थे। उक्त कारबाहीमा मेरो नेतृत्वमा १५ जना सहभागी थियौँ। हामीमाथि आक्रमण हुन खोजेपछि हामीले फायर नै खोल्नु परेको थियो। त्यस घटनामा सहभागी वेदुराम भुषाल, पीताम्बर भुषाल, बुद्धि रायमाझी, मलगायत नौ जना पक्राउ परेका थियौँ। 

पुष्पलालको मृत्युको खबर मैले जेलमा नै पाएको हुँ। म जनमत संग्रहपछि मात्र जेलबाट छुटेँ। चैत २०३० सालमा पक्राउ पर्नुभन्दा करिब एक महिनाअघि उहाँसँग भारतमा नै अन्तिम भेट भएको थियो।

पुष्पलाल सधैँ सामन्तवाद र साम्राज्यवाद विरोधी रहनुभयो। पार्टीलाई शुद्धीकरण गर्नुपर्ने उहाँको मत हुन्थ्यो। सिद्धान्तबाट बाहिर गएर कुनै काम गर्न दिनुहुँदैन भन्ने उहाँको मान्यता थियो।

कम्युनिष्ट आन्दोलन र संगठन दुवैमा उहाँको योगदान छ। तर, अहिलेका कम्युनिष्ट पार्टी उहाँको दर्शन र सिद्धान्त अनुसार चलेका छैनन्।

(पोखरेलसँग प्रकाश गुरागाईंले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्