काठमाडाैं- अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमी व्यवस्थापन समितिले राजीनामा दिएका छन्।
एन्फाका केन्द्रीय सदस्य दिनेश व्यञ्जनकारको संयोजकत्वमा रहेको समितिको तीन सदस्यले संयुक्तरुपमा मंगलबार एन्फा महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा सहायक महासचिव अरुणमान जोशी, सहकोषाध्यक्ष राजेन्द्र न्यौपाने र केन्द्रीय सदस्य व्यञ्जनकार छन्।
गत मंसिर २५ मा केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट उनीहरुलाई एन्फा होस्टल, खेल मैदान व्यवस्थापन, फ्लड लाइट, सोभिनियर सप निर्माण गर्न जिम्मेवारी दिइएको थियो।
‘संघको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट दिइएको जिम्मेवारीलाई स्वीकार गर्दै कामकाज गरिरहेकोमा हाल आएर कामकाज गर्न आफ्ना व्यस्थताले असमर्थ भएकोले आजको मितिदेखि नै लागू हुनेगरी संयुक्त राजीनामा दिएका छौं,’ एन्फा अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।