काठमाडौं- एएफसी महिला एसियन कप २०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबारबाट प्रशिक्षण शुरु भएको जानकारी दिएको हो। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणका लागि ४५ खेलाडीलाई बोलाएका छन्।
गत फागुनमा भएको राष्ट्रिय लिगमा गरेको प्रदर्शनका आधारमा खेलाडीहरु छानिएका छन् ।
फिलिप्सले बोलाएको ४५ जनाको सूचीमा सर्वाधिक गोलकर्ता तथा मुख्य फरवार्ड सावित्रा भण्डारी छैनन् ।
चोटका कारण हाल कतारमा उपचार गराउन गएकी उनले यसअघि नै प्रतियोगिता गुमाउने पक्का भइसकेको छ। सूचीमा तीन विभागीय टोलीका खेलाडीको बाहुल्यता छ। तीन विभागबाट कुल ३५ खेलाडी छन् ।
एएफसी महिला एसियन कप २०२२ छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेको छन्।
यस समूहको छनोट खेल नेपालमा हुनेछ। एएफसीले छनोटको प्रारम्भिक मिति २८ भदौ देखि ९ असोजलाई तोकेको छ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।
बन्द प्रशिक्षणमा परेका खेलाडी :
अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गीता राना, अन्जली योन्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेम्जोङ, हिरा भुजेल, रबिना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला बिक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्द्र राई, विमला चौधरी, अमृता जैशी, घिम कुमारी गुरुङ, सिर्जना खड्का, निर्मला बिक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सबिता राणा, रजनी थोकर, सलोनी राना मगर र चुम्लुङमा राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।