काठमाडौं- रौतहटबाट पेस्तोलसहित तीन जना पक्राउ परेका छन्। रौतहटको मौलापुर नगरपालिका-५ बाट एक थान सिक्सर पेस्तोलसहित तीनजना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बिआर ०५ एपी ४०१६ नम्बर र बिआर ०५ ई ६४३४ नम्बरको मोटसाइकल जाँच गर्दा मोटरसाइकल चालक देवेन्द्र यादवसहित तीन जनालाई पेस्तोलसहित फेला पारेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।