काठमाडौं– विष्णुमती कोरिडोरबाट मृत रेडपान्डासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भई काठमाडौँ बस्ने उमेश विसुन्के र दोलखा तामाकोसी घर भई काठमाडौंको गौशाला बस्ने अर्जुन मगराति रहेका छन्। उनीहरूका साथबाट मृतावस्थामा रहेको दुई रेडपान्डा बरामद गरिएको प्रहरीले जनाएको छ।
रेडपान्डाको छाला बिक्री गर्न लागेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा झोलाभित्र राखेको अवस्थामा मृत रेडपान्डा फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
पान्डाको पेटको अङ्ग झिकिएको र बाहिरी छालाको भाग सुकाइएको अवस्थामा फेला पारिएको परिसरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।