फाइल तस्वीर
काठमाडौं- महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ सम्सी बजारबाट सशस्त्र प्रहरीले करीब २ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ।
भारतबाट अवैध रुपले मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको टाेलीले आइतबार बरामद गरेको हो।
बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ। उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य ५० हजार रुपैयाँ रहेको छ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको टाेलीले करीब १ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ।
अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित सीमा इलाकाबाट बरामद गरेको हो।
बरामद लत्ताकपडा भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।