काठमाडौं- दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले चौमतीस्थित विष्णुमती करिडोरबाट रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका-५ घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय उमेश बिसुन्के र दोलखाको तामाकोशी गाउँपालिका-१ घर भई काठमाडौं गौशाला बस्दै आएका २५ वर्षीय अर्जुन मगराती छन्।
उनीहरु कालो रङको झोलाभित्र रेडपाण्डाको छाला बोकेर ग्राहकको खोजीमा हिँड्दै गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।