काठमाडाैं- फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले भरखरै भित्र्याएकाे खेलाडी अचरफ हाकिमीलाई कोरोना संक्रमण भएको छ।
प्रि–सिजनमा एफसी चाम्ब्लीसँग मैत्रीपुर्ण खेल खेल्नुअघि गरिएको काेराेना परिक्षणमा उनलाई संक्रमण पुष्टि भएको क्लबले जनाएको छ।
कोरोना पुष्टि भएसँगै उनी कम्तीमा १० दिन सेल्फ आइसोलेसनमा बस्नेछन्।
२२ वर्षीय मोरोक्कोका युवा डिफेन्डर हाकिमीलाई पीएसजीले ७ करोड युरोमा अनुबन्ध गरेको थियाे।
गत सिजनमात्रै हाकिमी इन्टर मिलान आएका थिए। उनले त्यस सिजन इन्टरलाई इटलीको च्याम्पियन बनाएका थिए। इन्टरलाई लिग जिताउने क्रममा उनले गत सिजन ३७ खेल खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।