काठमाडाैं- ‘ए’ डिभिजन टोली थ्री स्टार क्लबले युवा मिडफिल्डर आयुष घलानलाई अनुबन्ध गरेको छ।
थ्री स्टारले राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुषलाई दुई वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो।
थ्री स्टारले आयुष अनुबन्धको रकम भने खुलाएको छैन। सम्झौतासँगै आयुषले आगामी ३ असोजबाट सुरु हुने लिग थ्री स्टारबाट खेल्नेछन्।
आयुषले गत महिना कुवेतमा भएको फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को दोस्रो चरणको छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध मैदान उत्रदै राष्ट्रिय टिममा डेब्यु गरेका थिए।
त्यसअगाडि खुमलटार युथ क्लबबाट ‘बी’ डिभिजन लिग खेलेका उनीलाई गत जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)का लागि पोखरा थण्डर्सले ट्यालेन्ट हन्टमार्फत् टोलीमा भित्र्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।