Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

कोरोनाकालको साफ च्याम्पियनसिप : परिस्थिति एकातिर, एन्फाको रहर अर्कैतिर

64x64
दीप सुवेदी शुक्रबार, साउन १, २०७८  ०७:०१
1140x725

फुटबलका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामध्ये नेपालले भाग लिन पाउने विश्वकप छनोट र साफ च्याम्पियनसिप मात्र हुन्। त्यसबाहेक दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा २३ वर्ष उमेर समूहका खेलाडीले भाग लिन्छन्। अन्य कुनै प्रतियोगिता खेल्न पाए नेपालका लागि ‘बोनस’ हुन्छ।

नेपालले दक्षिण एसियास्तरीय प्रतियोगिता मात्र जित्ने क्षमता राख्छ। तर, नेपाली टोली दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपमा अहिलेसम्म सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन। दक्षिण एशियाका सात राष्ट्रले भाग लिने साफ च्याम्पियनसिपलाई फुटबल विश्लेषकहरु कठिन र रोमाञ्चक प्रतियोगिता मान्छन्। यसमा सहभागी राष्ट्रमध्ये भुटानबाहेक सबै देश समान स्तरका हुनाले उपाधि दौड रोचक हुन्छ।

साफ च्याम्पियनसिप सुरु हुँदा आठ राष्ट्र सहभागी थिए। अफगानिस्तान सन् २०१५ मा साफबाट बाहिरिएको छ। अहिलेसम्म २८ वर्षमा १२ संस्करण सम्पन्न भएका छन्। तर, नेपालको ठूलो उपलब्धी भनेको पाँच पटकसम्म सेमिफाइनलसम्म पुग्नु मात्रै हो।

नेपाली फुटबलको लागि सर्वोच्च यो प्रतियोगिताको १३औँ संस्करण अन्योलमा छ। सेप्टेम्बर २०२० मा बंगलादेशमा आयोजना हुने तय भएको प्रतियोगिता कोरोनाको कारण देखाउँदै २०२१ का लागि सारिएको थियो।

साफ कार्यकारी समितिको बैठकले आगामी १४ देखि २४ सेप्टेम्बरको नयाँ मिति पनि तोकेको थियो। तर, प्रतियोगिता आउन साढे दुई महिना बाँकी रहँदा साफ च्याम्पियनसिप हुने वा नहुने अन्योल छ।

पाकिस्तान र बंगलादेशका खेलाडी। बंगबन्धु अन्तर्राष्ट्रिय रंगशाला, बंगलादेश

खस्कदो ‘क्रेज’
विगतको तुलनामा साफको स्तर खस्किदै गएको छ। अफगानिस्तान बाहिरिएको छ भने भारत र माल्दिभ्सको दबदबा छ। सन् २०११, २०१३ र २०१५ को संस्करणमा अफगानिस्तानले यी दुई टिमलाई टक्कर दिएको थियो। अफगानिस्तान यी तीन संस्करणमध्ये एकमा विजेता र दुईमा उपविजेता बनेको थियो।  

प्रतियोगिताका १२ संस्करणमध्ये भारतले १० पटक फाइनल खेल्दै सात पटक विजेता बनेको छ। त्यसबाहेक माल्दिभ्सले दुई तथा अफगानिस्तान, बंगलादेश र श्रीलंका एक–एक पटक विजेता बनेका छन्। अहिलेसम्म नेपाल, पाकिस्तान र भुटानले उपाधि जित्न सकेका छैनन्। पाकिस्तान एक पटक फाइनलमा पुगेर पराजित भएको छ।

२०१० यता अफगानिस्तान साफमा निकै शसक्त भएर आएको थियो। २०१० मा फाइनलमा पुगेको थियो भने २०११ को संस्करणमा भारतलाई हराएर विजेता बनेको थियो। त्यसपछिका लगातार दुई संस्करणमा फाइनल खेलेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अब हुने साफ च्याम्पियनसिपमा भने पाँच टोली मात्र हुने भएका छन्। यस पटक नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले भाग लिने छन्। भुटानले कोरोना महामारीको कारण देखाउँदै यस वर्षको साफ नखेल्ने जनाइसकेको छ। पाकिस्तान फुटबल संघ (पीएफएफ) माथि तेस्रो पक्षले हस्तक्षेप गरेको भन्दै विश्व फुटबल महासंघ (फिफा)ले  प्रतिबन्ध लगाएको छ। त्यस कारण यसपटकको साफमा पाकिस्तान पनि देखिने छैन।

यता, भारत पछिल्लो समय दक्षिण एसियाली राष्ट्रहरुसँग खेल्न इच्छुक देखिएको छैन। भारत आफ्नो लिग बलियो बनाउन लागेको छ। त्यहाँको आई लिग इन्डियन सुपर लिग निकै व्यावसायिक बनिसकेका छन्। फुटबलमा लगानी वृद्धि भएको छ। त्यही कारण उसले क्लबस्तरीय फुटबल प्रतियोगिता भइरहेको समय खेलाडी पठाउन आनाकानी गर्दै आएको छ।

नेपाली फुटबल टाेली, ढाका। फाइनल तस्वीर, २०१८

माल्दिभ्स सरकारले पनि फुटबल विकासमा लगानी ह्वात्तै बढाएको छ। एक समय नेपालले सजिलै हराउने गरेको यो टोली दुई पटक साफको च्याम्पियन बनिसकेको छ।  माल्दिभ्स पनि सानो आकारको फुटबल प्रतियोगितामा रमाउन चाहेको देखिँदैन।

नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी तथा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक कृष्ण थापा भन्छन्, ‘फुटबलमा गरेको लगानी, खेलाडीहरुको क्षमतालाई प्रयोग गर्ने शैली र व्यवस्थापनको कारण अन्य मुलुक हामीभन्दा माथिल्लो स्तरमा छन्। यस कारण उनीहरु माथिल्लै स्तरको प्रतियोगिता चाहन्छन्।’

Xtrem

Xtrem

आयोजना गर्न यस्ता छन् समस्या
कोरोना महामारीका कारण आर्थिक क्षेत्र डामाडोल हुँदा फुटबल प्रतियोगितामा लगानी गर्ने प्रायोजकहरु पनि पछि हट्न थालेका छन्। जसको प्रभाव १३औं साफमा देखिएको छ। साफको मुख्य प्रायोजक रहेको सुजुकीले गत वर्ष प्रतियोगिता हुन नसकेपछि सम्झौता रद्द गरेको छ। साफका महासचिव अनवरुल हक हेलालका अनुसार आर्थिक अवस्थाकै कारण तत्कालै साफ गरिहाल्ने स्थिति छैन। यस्तो अवस्थामा जसले प्रतियोगिता आयोजना गर्ने हो, उसैले लगानी गर्नुपर्ने र नयाँ प्रायोजक खोज्नुपर्ने स्थिति छ।

‘गत वर्ष हामीलाई बांगलादेश सरकारले सहयोग गर्ने बताएको थियो। यसपटक सरकारको प्राथमिकता कोरोना माहामारीमा छ। त्यसै कारण सरकारको सहयोग अपेक्षा गर्न सकिन्न। प्रायोजक खोज्न पनि अब धेरै ढिला भइसक्यो,’ हेलाल भन्छन्, ‘प्रायोजक सकेसम्म हामी नै खोज्न प्रयास गर्नेछौँ। कुनै सदस्य राष्ट्रले आफैँले खोजेर प्रतियोगिता गर्न तयार हुन्छ भने त्यसका लागि पनि तयार छौँ।’

त्यति मात्र नभइ साफ सदस्य राष्ट्रहरुमा कोरोना संक्रमण धेरै भएकाले कुनै देशले भाग नलिन सक्ने उनले आशंका व्यक्त गरे। तर, प्रतियोगिता आयोजना हुने स्थलले सबै देशको सहभागिता निर्धारण गर्ने उनको बुझाइ छ।

साफकाे ग्रुप विभाजन गरिँदै। फाइल तस्वीर, २०१८

उनका अनुसार बंगलादेशको राजधानी ढाकामा प्रतियोगिता गर्ने अवस्था छैन। बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालाको पुनर्निर्माण जारी छ। ‘कोरोना महामारीका कारण ढाकामा खेल सञ्चालन गर्न पनि असम्भव छ। ढाकामा सम्भव नभए चित्तगोङ वा सिलेटमादमा सिफ्ट गर्नुपर्ने हुन्छ,’ हेलाल भन्छन्। निर्धारित समयमा साफ आयोजना हुनेमा उनी ढुक्क छैनन्।

‘यसअगाडि बैठकले प्रतियोगिताबारे निर्णय गर्न दुई साताको समय तोकेको थियो। अब शुक्रबार या शनिबार पुनः बैठक बस्ने छौं। त्यसबाट के निर्णय हुन्छ त्यसले निर्धारण गर्ने छ,’ उनले भने। बंगलादेशले प्रतियोगिता आयोजनाबाट हात झिके नेपाल र श्रीलंककाले आयोजनको लागि प्रस्ताव पेश गर्ने मनस्थितिमा रहेको उनले जानकारी दिए।

पछिल्लोपटक नेपालले सन् २०१३ मा साफ आयोजना गरेको थियो। त्यसअघि सन् १९९७ मा पनि आयोजना गरेको थियो। श्रीलंकाले भने सन् १९९५ मा साफ आयोजना गरेको थियो। सन् २००८ मा भने माल्दिभ्ससँग मिलेर यो प्रतियोगिता आयोजना गरेको थियो। हालै मात्र श्रीलंकाको फुटबल संघको नेतृत्वमा जसवार उमार आएका छन्। उनैको नेतृत्वमा श्रीलंकाले साफ आयोजनामा हात हाल्न लागेको हो।

नेपालमा आयोजना गर्न अप्ठ्यारै अप्ठ्यारो
कोरोना महामारीको जोखिममै रहेको नेपालमा साफ आयोजना गर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मैखिक स्वीकृति दिएका थिए। गत आइतबार सरकारी निवास बालुवाटारमा भएको ‘थ्री नेसन्स कप’का विजेता खेलाडीलाई सम्मान गर्दै उनले साफ च्याम्यिनसिप आयोजनाको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन्।

उनले भनेका थिए, ‘साफ च्याम्यिनसिप बंगलादेशले आयोजना गर्ने भनेको नसक्ने भयो। नेपालमा गर्ने कि भनेर क्याप्टेनले भन्नुभयो। म तपाईंहरुलाई सोध्न चाहन्छु, आर यु रेडी टु वीन त साफ? तपाईंहरु खेल्न तयार हुनुहुन्छ कि हुनुहुन्न होइन, आर यु रेडी टु वीन? यु ह्याव टु वीन द साफ, देन वी आर रेडी टु अर्गनाईज्ड द गेम।’ उनले यसो भनेको दुई दिनपछि नै सरकार ढल्यो।

नयाँ सरकारले प्रतियोगिता गर्न चाहन्छ वा चाहँदैन निश्चित छैन। तर, देउवा निकट मानिने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा भने सरकारले सहयोग गर्नेमा आफू ढुक्क रहेको बताउँछन्। ‘बिहीबार मात्रै अर्थमन्त्री जनार्दशन शर्मालाई भेटेर आएका छौं। हामीले साफ आयोजना गर्ने प्रस्ताव राखेका छौं। उहाँ सकरात्मक हुनुहुन्छ,’ उनले भने।

कर्मा छिरिङ शेर्पा, एन्फा अध्यक्ष।

तर, फिफाको विन्डो अर्थात् ३१ अगष्टदेखि ७ सेप्टेम्बर (१५–२२ भदौ) सम्ममा प्रतियोगिता गरिसक्नुपर्छ। त्यसबाहेकको समयमा सम्भव नरहेको साफका महासचिव हेलाल बताउँछन्, ‘नेपालकै लिग असोज ३ देखि शुरु हुने कार्यक्रम छ। केही सदस्य राष्ट्रमा पनि लिग शुरु हुन लागेको छ। यस्तो अवस्थामा क्लबले खेलाडी अनुबन्धन अगाडि नै गर्ने हुँदा छाड्न गाह्रो छ। यता, आयोजक नै टुङ्गो नलाग्दा प्रतियोगिता अझै पछाडि धकेलिने अवस्था छ,’ उनी भन्छन्।

यता एन्फासँग पनि प्रतियोगिताका लागि बजेट र प्रायोजक दुवै छैन। प्रतियोगिता गर्न करिब रु.१० करोड खर्च गर्नुपर्छ। कोरोना प्रोटोकलको कारण खेलाडीको बसाइदेखि प्रशिक्षणसम्ममा खर्च बढ्ने हुँदा बजेटको आकार पनि बढ्ने एन्फा अध्यक्ष शेर्पा नै बताउँछन्।

‘एन्फा एक्लैले खर्च उठाउने अवस्था छैन। त्यसैले हामीले सरकारसँग पाँचदेखि ६ करोड माग गरेका छौं। माग गरेको रकम आयो भने हामी आयोजना गर्न सक्छौं,’ उनले भने। साफ र नेपाल सरकारले जिम्मेवारी दिएको खण्डमा एन्फा प्रायोजकको लागि दौडिन तयार रहेको उनको भनाइ छ।

नेपालका लागि अर्को चुनौती फुटबल मैदान पनि हो। अहिले दशरथ रंगशालामा सबै खाले फुटबल प्रतियोगिता हुँदै आएको छ। एउटा प्रतियोगिता खेलाएपछि मैदान पहिलेकै अवस्थमा ल्याउन निकै मिहिनेत गर्नुपर्छ। तर, एन्फाले मैदान व्यवस्थापनलाई बेवास्ता गर्दै आएको अध्यक्ष शेर्पा नै स्वीकार गर्छन्। ‘हामीसँग एकै रंगाशाला हो। पोखरा रंगशाला बाहिरबाट हेर्दा राम्रो छ, तर खेल खेलाउन सक्ने अवस्थामा छैनं। विकल्प सरकारले खोज्ने हो। हाम्रो काम खेलाउने हो। जे छ त्यहीमा खेलाउँछौं,’ उनले भने।

दशरथ रंगशाला, त्रिपुरेश्वर।

जस लिन हतार
एन्फा अध्यक्ष शेर्पा जस लिने हतारमा देखिन्छन्। उनी साफ सकिनेबित्तिकै ए डिभिजन र राष्ट्रिय लिगको आयोजना गर्न तम्सिएका छन्। खेलाडी दर्ता साउनदेखि मात्र खुला हुनेछ। राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपको तयारी गरिरहँदा बन्द प्रशिक्षणमा रहेका खेलाडी ए डिभिजन लिग तयारीका लागि उपलब्ध हुने छैनन्।

ए डिभिजन क्लबहरुले खेलाडी अनुबन्धमा पनि बिस्तारै तदारुकता देखाउन थालेका छन्। गत वर्ष कोरोनाका कारण लिग भएन। यसपटक नेपाल सुपर लिग (एनएसएल) को आगमनसँगै ए डिभिजन क्लब गराउन एन्फामाथि दबाब परेको छ।

तर, साफ आयोजना हुने भयो भने मैदानदेखि खेलाडी व्यवस्थापनमा चुनौती रहने न्युरोड टिम (एनआरटी)का मुख्य प्रशिक्षक राजुकाजी शाक्य बताउँछन्। ‘साफ आयोजना भए क्लबहरुलाई असर गर्छ नै। क्लबले लिग खेल्न तयारी गरिसकेको छ। केही दिनमा प्रशिक्षणसमेत सुरु हुन्छ। यस्तो अवस्थामा एन्फाले टपक्क खेलाडी टिपेर हिँड्दा समस्या हुन्छ,’ उनले भने।

व्यस्त ‘सेड्युल’ कारण खेलाडीको मानसिक र शारीरिक अवस्थामा पनि असर गर्ने भएका कारण साफ खेलेर आउने खेलाडीको प्रदर्शन प्रभावित हुने उनी बताउँछन्। ‘प्रतियोगिता हुने भएपछि राष्ट्रिय टोलीका खेलाडीलाई मैत्रीपूर्ण खेलका लागि पनि बाहिर लैजानु पर्ने होला। खेलकै दौरान खेलाडीले चोट बोक्न सक्छन्। यस्तै, थकानका कारण पनि हामीले आश गरेअनुसार प्रतिफल पाउन सक्दैनौं। यसकारण पनि खेलाडी छोड्न गाह्रो छ। कि त एन्फाले लिग सार्नुपर्छ,’ उनी भन्छन्।

इन्द्रमान तुलाधर,एन्फा महासचिव।

यता, एन्फा महासचिव इन्द्रमान तुलाधर भने निर्धारित लिग नसर्ने र क्लबले राष्ट्रको लागि खेलाडी छोड्नुपर्ने बताउँछन्। ‘लिगको लागि पर्याप्त समय दिएका छौं। लिग निश्चित समयमै हुन्छ। राष्ट्रको लागि खेल्ने खेलाडी क्लबले दिन्न भनेर पाइँदैन। हामी साफ पनि खेल्छौं र लिग पनि खेलाउँछौं,’ उनले भने। प्रतियोगिताको तालिका सार्दा त्यसले अन्तराष्ट्रिय र आगामी वर्षका प्रतियोगितालाई बाधा गर्ने उनको भनाइ छ।

एन्फाले विकल्प खोज्नुपर्छ : शाक्य
१३औं साफमा जम्मा पाँच टिमले मात्रै भाग लिने प्रायः निश्चित छ। त्यसमा पनि भारतले माथिल्लो स्तरको प्रतियोगिता खेल्न रुचाउने भएको कारण आउँदो साफमा भाग नलिने तयारीमा देखिएको प्रशिक्षक शाक्य बताउँछन्। भारतले पछिल्ला प्रतियोगितामा यु–२३ टोलीका खेलाडी पठाइरहेको छ। यसरी नै उसले हात झिक्दै गए भविष्यमा यो प्रतियोगिता तीन वा चार टिममा खुम्चिने लगभग निश्चित भएको उनको भनाइ छ।

एसियाली फुटबल महासंघ (एएफसी)ले पनि साफलाई त्यति प्राथमिकता नदिएको प्रशिक्षक शाक्य बताउँछन्। यसरी टिम घट्दै गएको अवस्थामा एएफसीले अर्कै क्षेत्रमा गाभ्ने तयारी गरिरहेकाले अब साफ च्याम्पियनसिप हुने सम्भावना कम छ।

‘साफको ‘क्रेज’ हाम्रो समयमा जस्तो छैन, यो घट्दै गएको छ। सबैले अब्बल टोलीसँग खेल्न चाहन्छन्। थ्री नेसन्स कपको पनि आयोजना गर्यौं। साफ पनि आयोजना गर्न सक्छौं भनिरहेका छौं। यसमा लगानी गर्नुको सट्टा अन्य प्रतियोगितामा लगानी गरे हामीले प्रतिफल प्राप्त गर्न सक्छौं,’ उनले भने।

राजुकाजी शाक्य, पूर्व खेलाडी तथा प्रशिक्षक (एनआरटी)।

घरेलु फुटबलको संरचनामा वैज्ञानीकरणको अभाव, सीमित भौतिक पूर्वाधार र अर्धव्यावसायिकता छ। यी समस्यालाई पन्छाउन सके मात्र भविष्यमा नेपाल दक्षिण एसियाबाट माथि उठ्न सक्नने उनको तर्क छ।

यस्तै, पुरातन सोचकै कारण उपलब्धि हासिल गर्न नसकेको उनले दाबी गरे। ‘हामी सार्कमै अल्झिएका छौं। हामीभन्दा पछाडिका राष्ट्र कहाँबाट कहाँ पुगिसके। हामीले थाइल्याण्ड, हङकङ, सिङ्गापुर र मलेसियासँग खेल्ने हो। यस्ता बलिया टिमसँग खेले फुटबलमा केही गर्न सक्छौं। भइरहेको संरचनामा मात्र खेल्ने हो भने उपलब्धि केही हासिल गर्न सक्दैनौं,’ उनले भने।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्