पर्सा- वीरगञ्जबाट ६ जुवाडे पक्राउ परेका छन्। प्रहरीले वीरगञ्ज महानगरपालिका-१५ नेशनल मेडिकल कलेज छेउकाे निर्माणधीन भवनको माथिल्लो तल्लामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा, वीरगञ्ज ६ का श्यामबाबु सोनार, वीरगञ्ज १५ का सुनिल सर्राफ,वीरगञ्ज ३ का अली असगर अन्सारी, वीरगञ्ज १६ का भगवानप्रसाद महत्तो, बारा महागढीमाई १० का धिरेन्द्रप्रसाद जैसवाल र रौतहट गौर १ का रमेश चौधरी रहेका छन्।
यस्तै, भारत बिहारका रामबाबुप्रसाद सोनार पनि पक्राउ परेका छन्।
उनीहरुकाे साथबाट प्रहरीले १ लाख ५८ हजार र १० बुक ताससमेत बरामद गरेकाे छ।
उनीहरुमाथि सार्बजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता विरुद्धको कसुर ( जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।