• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

हप्तौंदेखि महत्त्वपूर्ण मन्त्रालय नेतृत्वविहीन, देउवाले कहिले देलान् मन्त्रिपरिषद्लाई पूर्णता?

64x64
नेपाल लाइभ बिहीबार, असार ३१, २०७८  २२:१३
1140x725

काठमाडाैं- मंगलबार प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले सोही दिन आफूसहित पाँच जनाको मन्त्रिपरिषद् गठन गरे। उनको प्राथमिकतामा गृह; कानुन, न्याय तथा संसदीय मामिला; ऊर्जा, जलस्रोत तथा सिँचाई र अर्थ मन्त्रालय परे। ती मन्त्रालयमा क्रमशः बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, पम्फा भुसाल र जनार्दन शर्मा नियुक्त भए।

देउवासहितको पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन दिन भएको छ। यथार्थमा मुलुक भने २४ दिनयता पाँचजनाको मन्त्रिमण्डलबाट चलिरहेको छ। गत असार ८ गते सर्वोच्च अदालतको एक अन्तरिम आदेशको कारण एकैसाथ २० मन्त्रीले पद गुमाएका थिए। सो आदेशपछि प्रधानमन्त्री ओलीसहित उनी नेतृत्वको मन्त्रिपरिषद्‌मा विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, बसन्तकुमार नेम्वाङ र लिलानाथ श्रेष्ठ बाँकी रहेका थिए।

फैसलाको पर्सिपल्ट ओलीले आफूसहितका मन्त्रीहरुलाई मन्त्रालय भाग लगाएर जिम्मेवारी बाँडफाँट गरेका थिए। जसअनुसार तीन मन्त्रीको भागमा पाँच वटासम्म मन्त्रालयको जिम्मेवारी परेको थियो। देउवाले भने चार मन्त्रीलाई दिइएको एक-एक मन्त्रालयबाहेक अन्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्।

ओलीले जेठ २१ र २७ गते ठूलो संख्यामा मन्त्रिपरिषद् हेरफेर गरेका थिए। त्यतिबेला उनले मन्त्रिपरिषद्का सुरुवाती सदस्यहरुलाई हटाइ नयाँ अनुहारहरुलाई भित्र्याएका थिए। यसरी कैयौं मन्त्रालयको नेतृत्व जेठ २१ र २७ मा खण्डित भएको थियो। तर, असार ८ पछि भने नेतृत्वविहीन भयो, असार १० मा प्राविधिक रुपमा नेतृत्व तोकियो। त्यसैले कोरोना महामारीको कहरबीच पनि स्वास्थ्य जस्ता कतिपय मन्त्रालयले महत्त्वपूर्ण समयमा पनि स्पष्ट नेतृत्व नपाएको हप्तौं भइसकेको छ। परराष्ट्र मन्त्रालयको  अवस्था पनि उस्तै छ।

देउवालाई मन्त्री नियुक्त गर्न केही परिस्थितिजन्य अप्ठ्यारो पनि छ। उनी गठबन्धन सरकारको नेतृत्व गरिरहेको सामान्य अवस्थामा मात्रै छैनन्, केही समयभित्रै प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने बाध्यतामा छन्। त्यसैले गठबन्धनमा संलग्न राजनीतिक दलहरुका बीचमा स्रोत र शक्तिको बाँडफाँट, शक्ति सन्तुलन, सरकारमा दलहरुको सम्मानजनक सहभागिता जस्ता विषयलाई पनि कुशलतापूर्वक सल्टाउनुपर्ने बाध्यता उनलाई छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘संविधानको रक्षा, प्रतिनिधि सभाको पूर्ण आयुको कार्यान्वयन र केपी ओलीको सरकारको विकल्पको सरकार गठन गर्नुपर्ने भएकाले सर्वोच्च अदालतमा हस्ताक्षर गर्ने १४६ जना सांसद्को हस्ताक्षर निरन्तर रहने छ। त्यसमा संलग्न दलहरुबीचको आपसी सहमति र सहकार्यमा सरकारको शक्ति र जिम्मेवारीको बाँडफाँटलाई पनि आधार मानेर विश्वासको मत लिने कुरा भएको छ। त्यसैले मन्त्रिपरिषद्को विस्तार र विश्वासको मत दुवै कुरा जोडिएको छ’, देउवा निकट कांग्रेस नेता मीनबहादुर विश्वकर्माको भनाइ छ।

विश्वासको मत लिनका लागि देउवाले एमालेको माधवकुमार नेपाल पक्ष तथा जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षसँग पनि विश्वासको सम्बन्ध कायम राख्नुपर्ने छ। नेपाल पक्ष पार्टीभित्र आन्तरिक संघर्षमा छ भने जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा चलिरहेको छ। उनीहरुबाट विश्वासको मत पाउने मात्रै होइन, सरकारमै सहभागी गराउने प्रयास देउवाको छ। आफूहरु बृहत्तर राष्ट्रिय एकता वा बृहत्तर राष्ट्रिय राजनीतिक सहमतितिर जान र सबैका अजेन्डाहरुलाई सम्बोधन गर्ने परिस्थिति निर्माणको लागि प्रयासरत रहेको विश्वकर्माको भनाइ छ।

मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका सन्दर्भमा देउवा र उनी निकट नेताहरुले ओली बाहेकका सबै शक्तिसँग यतिबेला संवाद सघन बनाएका छन्। तर, त्यसले ठोस निष्कर्ष पाइसकेको छैन। गठबन्धनमा रहेका दलहरुको ‘पोजिसन’ प्रष्ट नहुँदासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना देखिँदैन।

‘यही सरकारले चुनाव गराउने हो। त्यसो भएकाले सकेसम्म सर्वसम्मत बनाऔं। सकिएन भने, अधिकतम सहमति गरेर विश्वासको मतमा अधिकतम मत खसाउन प्रयास गरौं। १४६ मात्रै होइन, १६०, १७० वा १७५ नै मत खस्ने वातावरण बनाऔं भन्नेमा नेताहरु लाग्नुभएको छ। त्यसैले मन्त्रिपरिषद्ले पूर्णता पाउन अलिकति समय लाग्छ’, विश्वकर्मा भन्छन्।

त्यसो त देउवालाई अन्य दलको मात्रै होइन, आफ्नै दलबाट जिम्मेवारी तोक्न समेत कठिन छ। महाधिवेशन नजिकिएको समय भएकाले उनले उपलब्ध गराउने अवसरले महाधिवेशनमा उनलाई प्रत्यक्ष असर पर्छ। पार्टीभित्र विभिन्न समूह भएकाले उनीहरुबीच पनि सन्तुलन मिलाउनुपर्ने बाध्यता छ। गठबन्धनका अन्य दलबाट मन्त्री बनाउँदा होस् वा आफ्नै पार्टीबाट, मन्त्री बन्नेको अनुहारले नै आशा प्रवाहित गर्नुपर्ने अवस्था छ। किनकि, ओली सरकारलाई प्रतिस्थापन गरेकाले देउवा सरकारका हरेक गतिविधिको बहस र चर्चा हुने नै छ।

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  २२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ?
सम्बन्धित सामग्री
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले सीमा समस्या संवेदनशील विषय भएकाले यसलाई कूटनी... शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा ५ दिने भ्रमण सकेर नयाँ दिल्लीबाट उनी आज केही समय अघि नेपाल आइपुगेको लामिछानेको सचिवालयले... शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? समझदारी पत्रमा हस्ताक्षरसँगै प्रसाईँले आफ्नो नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा गरेका छन् । मलमास सकिए लगत्तै नयाँ... शुक्रबार, जेठ २२, २०८३
ताजा समाचारसबै
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्