काठमाडौं- सहिद स्मारक ‘सी’ डिभिजन लिगको छनोट प्रतियोगिता आगामी भदौ पहिलो साताबाट हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार सूचना जारी गर्दै छनोट प्रतियोगिता भदौ १ गतेबाट शुरु हुने जानकारी दिएको छ।
छनोटमा सहभागी हुनका लागि क्लबले साउन २५ गतेभित्र टिम दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ। टिम दर्ता गर्न ३० हजार शुल्क लाग्ने सूचनामा उल्लेख छ।
छनोट प्रतियोगिताबाट उत्कृष्ट टिम क ‘सी’ डिभिजनमा पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।