सिलगढी- डोटी जिल्लामा ११ महिनाको अवधिमा १ बढी महिलाले गर्भपतन गराएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठ सम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या १ हजार ७ पुगेको हो।
कार्यालयको तथ्याङ्क जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन गराउनेको सङ्ख्या निकै बढ्दै गएको पाइएको छ। जिल्लामा जम्मा १६ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा दिने गरिएकामा अहिले १४ मा मात्रै उक्त सेवा रहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवबहादुर ठगुन्नाले जानकारी दिए।
सदरमुकामा चाप एवं स्वास्थ संस्था बढी भएको हुँदा दिपायल सिलगढी नगरपालिकामा २४५ र सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा पाँच जनाले सुरक्षित गर्भपतन गराएका छन्। यसैगरी आदर्श गाउँपालिकामा १६९, केआइसिंह गाउँपालिकामा १६२, शिखर नगरपालिकामा १२९ र जोरायल गाउँपालिकामा १२० महिलाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालको तथ्याङ्कमा उल्लेख छ।
त्यस्तै, सायल गाउँपालिकामा ७८, पूर्वीचौकी गाउँपालिकामा ६९ र बडिकेदार गाउँपालिकामा ३० जनाले सुरक्षित गर्भपतन गराएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।