काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डिएसपी भन्दै विभिन्न विभागका कर्मचारीलाई धम्क्याउने एक जना पक्राउ परेका छन्।
अख्तियारको डिएसपी भन्दै धम्क्याउने अर्जुन भट्टलाई अख्तियारले पक्राउ गरेको हो। उनी एग्रोमाट नेपाल प्रालि भैसेपाटीका अध्यक्ष रहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
भट्टले एमपी इन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्न भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तथा कर्मचारीलाईहरु थर्काउने गरेका थिए।
कर्मचारीलाई अनावश्यक दबाब दिई नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष, राष्ट्रिय कृषि बिकास कम्पनीको सिइओ एवं माथिल्लो तहका व्यक्तिहरुसँग सम्पर्क छ भनि प्रभावमा पार्दै हिँड्ने गरेको अख्तियारले जनाएको छ। पक्राउ परेका भट्टलाई कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।