दाङ- दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु रातो हाब्रे (रेडपाण्डा)को छाला ओसारपसार तथा बिक्रीवितरण गरिरहेका दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गा नगरपालिका–८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट दह ३ घर भई हाल जुनीचाँदी गाउँपालिका–७ बस्ने ४८ वर्षीय डिलबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
उनीहरूलाई घोराही उपमहानगरपालिका–१६ गुरुवामा रातो हाब्रेको छाला बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो। उनीहरूको साथबाट पुच्छरदेखि टाउँकासम्म दुई फिट १० इन्च लम्बाइ भएको नङ्ग्रासहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला एक थान, काइनेटिक टल्कने ढुङ्गा सानो ठूलो गरी ३२ वटा र मोबाइल एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।