• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीको आकलन र नेपालको विश्लेषण : यस्तो छ एमालेको सम्भावित परिदृष्य

64x64
डिबी खड्का बुधबार, असार ३०, २०७८  २२:३२
1140x725

काठमाडौं– एमालेको एकताका आकांक्षीलाई आइतबार मध्यरात प्राप्त उत्साह बुधबार दिउँसोसम्म शिथिलतामा परिणत भइसकेको हुनुपर्छ। एमालेका दोस्रो तहका नेतामा जुटेको एक हुने सहमति शीर्ष तहको हात लाग्न नपाउँदै त्यसको धज्जी उडाइन थालेको छ। 

औपचारिक र अनौपचारिक गरी ३० वटा बैठक र गत आइतबार १३ घन्टाको निरन्तर प्रयासले दुवै समूहले एक ठाउँमा आइपुग्न १० बुँदे सहमतिको ‘पुल’ बनाएका थिए। त्यो पुल ठडिन नपाउँदै शीर्ष नेताहरुले नै भत्काउन थालेका छन्। सहमतिपछि आपसी संवाद गर्ने वातावरण समेत बिग्रिएको छ। 

आफ्नै सहयोद्धासँग सद्भाव राख्न नसक्दा सत्ताच्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा दुई पक्षलाई जोड्ने उक्त पुल वरिष्ठ नेता माधव नेपालका लागि नभएको घोषणा गरेका छन्। 

आफ्नै पार्टीका २३ जना सांसदको हस्ताक्षर समेतका कारणले बालुवाटारबाट विस्थापित भएर बालकोट पुगेका ओलीले बुधबार दिउँसो आफूलाई सम्हाल्न सकेनन्। आक्रोशले तातेका उनले वरिष्ठ नेता नेपालविरुद्ध आगो ओकले। नेपालका लागि एमालेमा कुनै ठाउँ नरहेको घोषणा गरे। 

निजी निवासको बाल्कोनीमा उभिएर उनले भने, ‘कमीकमजोरी स्वीकार्ने अन्यका हकमा पार्टीमा काम गर्न चाहनेलाई मौका दिन्छौं। तर, माधव नेपालको हकमा गल्तीकमजोरी महसुस गरेपनि पार्टीमा स्वीकार्ने ठाउँ छैन।’

उनको आवेग यतिमै रोकिएन। नेपाललाई ‘लाजसरम हराएका व्यक्ति’को संज्ञासमेत दिए, विश्वासघाती भनेर चित्रण गरे। ओलीको आक्रोशमा घ्यु थप्दै कार्यकर्ताले नारा लगाए, ‘माकुने चोर, देश छोड।’ उनीहरुले वरिष्ठ नेता नेपालको पुत्लासमेत जलाए। 

एमालेमा सहमतिको पुल निर्माण गर्न अहोरात्र खटेकामध्ये एक, एकता कार्यदलका सदस्य गोकर्ण विष्ट भने संक्रमणको अवधिमा एकअर्काप्रति आशंका र आक्रोश हुनु स्वाभाविक रहेको बताउँछन्। आफूले तयार पारेको सहमति कार्यान्वयन हुनेमा उनी आशावादी छन्। भन्छन्, ‘नेताहरुको क्षणिक आक्रोश हो। केही दिनमा सबै कुरा मिल्छ।’

नेपालको संकेत र सन्तुलन
एमाले अध्यक्ष ओली कुनै पनि बेला यो रुपमा प्रस्तुत हुनेमा नेपाल सचेत थिए। त्यसैले आइतबार एमाले एकता कार्यदलले सहमति गर्न खोज्दा उनी रोक्ने प्रयास गरिरहेका थिए। पार्टीको संस्थापनविरुद्ध आफूसँगै संघर्षमा रहेका सहयोद्धाको आग्रह र आकांक्षालाई टार्न नसक्दा मात्रै उनी राजी भएका थिए। त्यति हुँदा पनि उनी खबरदारी गरिरहेका थिए, ‘सहमति मलाई बुझाइएकै भाषामा कार्यान्वयन गर्नुपर्छ। फरक विश्लेषण गर्न थालियो भने मान्य हुँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

ओली पक्ष त्यो बेला सहमतिका लागि हतारिएको थियो। किनभने सोमबार सर्वोच्चबाट प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा फैसला आउने पहिल्यै तय भएको थियो। आइतबार अबेर राति भएपनि सहमति गर्दा उक्त फैसलामा असर पर्ने उक्त पक्षको आकलन थियो। किनभने सहमति रियलाइजेसन भन्दा बढी रणनीतिक थियो।

लुकाउनै पर्ने कुरा समेत लुकाउन नसक्ने निवर्तमान प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सोमबार बिहानै त्यो रणनीतिलाई सार्वजनिक गरिदिए। अदालतको फैसला प्रभावित पार्ने ओली पक्षको दाउ छिपेको त थिएन, तर त्यसले थप प्रमाणित गरिदियो। पहिल्यै आशंकाको आँखाले हेरिरहेका नेपाललाई सचेत भएर सन्तुलन कायम गर्न उक्त व्याख्याले सघायो।

आफूनिकट कार्यदलका सदस्यसँग उनले ओलीसँग मेरियट होटेलमा गरिएको वार्तापछि नै संकेत गरेका थिए, ‘ओलीको चाल अर्कै छ। अझै मैले उनमा पार्टी एक बनाउने रियलाइजेसन देखेको छैन।’ ओलीले एकता चाहेकोमा उनलाई आशंका भएपनि पार्टी फुटाएको आरोप लाग्ने डरले कार्यदलले बनाएको बाटोमा आफूलाई हिँडाएका देखिन्थ्यो। त्यसैले फैसलापछि कोटेश्वरमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा उनी बसे, तर सन्तुलन कायम राख्दै बिदावारी भए। 

मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा उनी पूर्वप्रधानमन्त्रीको हैसियतमा पुगे। जुन गठबन्धनसँग सन्तुलन कायम राख्नुका साथै हार्दिकता प्रस्तुत गर्ने ‘कूटनीतिक’ प्रयास थियो। बुधबार दिउँसो प्रधानमन्त्री देउवाले कोटेश्वरस्थित नेपालनिवास पुगेर फेरिएको परिस्थितिमा पनि आफू पाँच दलीय गठबन्धनताकाकै सौहार्दता कायम राख्ने सन्देश दिएका छन्, र विश्वासको मत प्राप्त गर्नका लागि बाटो समेत बनाएका छन्।

सहमति हुँदा सकसमा पर्थे नेपाल
अध्यक्ष ओलीले यदि १० बुँदे सहमति कार्यान्वयन गर्ने उदारता देखाएको भए? त्यसो हुँदा सबभन्दा धेरै सकस नेपाललाई नै पर्ने देखिन्छ। फैसलापछि ओलीले आफूलाई सम्हालेर बाँकी समय पार्टीको निर्णयअनुसार अघि बढ्ने उपाय अवलम्बन गर्नासाथ नेपालमाथि धर्मसंकट आइलाग्छ। त्यो के भने आफैंले ब्युँताएको संसदलाई एक महिनापछि भंग हुन दिने वा पार्टी निर्णयलाई अवज्ञा गरेर संसद जोगाउन देउवालाई विश्वासको मत दिने?

नेपाललाई पार्टीमा ठाउँ नरहेको ओलीको अभिव्यक्तिका कारण नेपालले त्यो संकटबाट मुक्ति पाएका छन्। नेपाल पक्षका सांसदहरु ओलीको अभिव्यक्तिपछि विश्वासको मत दिनेमा कुनै संकोच नरहेको स्पष्ट बताउन थालेका छन्। 

बुधबार नेपाल लाइभको समय संवादमा कुरा गर्दै हस्ताक्षरकर्ता २३ सांसदमध्येका एक मेटमणि चौधरीले आगामी दिनमा हुने यस्तै असामयिक संसद विघटन रोक्नका लागि यसपल्ट विश्वासको मत दिने बताएका छन्। उनले भने, ‘कानुन मिचेर प्रतिनिधि सभा भंग गर्ने आँट अबको पचासौं वर्षपछि आउने प्रधानमन्त्रीले पनि गर्न नसकुन् र नपाऊन् भनेर हस्ताक्षर गरेका हौं। त्यसैले देउवाले मागेको विश्वासको मतका पक्षमा हामी सबैले भोट हाल्छौं।’

ओलीको अभिव्यक्ति र हिसाबकिताब
ओलीले बुधबार नेपालविरुद्ध आवेशमा आएर मात्रै त्यस्तो अभिव्यक्ति नदिएको नेपाल पक्षका नेताहरु बताउँछन्। उनले नेपालको रणनीति राम्रोसँग बुझेरै यस्तो भनेको उनीहरुको विश्लेषण छ। मंगलबार शपथ ग्रहण समारोहमा नेपालमा देखिएको सक्रियता र उत्साहलाई ओलीले नजिकबाट नियालेका थिए। 

बुधबारको अभिव्यक्तिमा ओलीले त्यसलाई समेत उल्लेख गरे। उनले भने, ‘हिजो पनि शपथ ग्रहण गर्न देउवा पुग्नुअघि नेपाल पुगेका थिए। देउवालाई झुकेर प्रणाम गर्न पुगे। देउवाले हात मिलाउन चाहेको छैनन्, हात मिलाउन पुगे।’

पार्टीले विश्वासको मत नदिने निर्णय गर्दा पनि नेपाल पक्षले विश्वासको मत दिने कुरामा अध्यक्ष ओली स्पष्ट रहेको एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा बताउँछन्। उनका अनुसार अध्यक्ष ओली नेपाल पक्षले विश्वासको मत दिएकै हेर्न चाहन्छन्। त्यसले एकातिर नेपाल पक्ष एकताको लागि तयार नभएको सन्देश एमाले कार्यकर्ता पंक्तिमा प्रवाह हुनेछ भने अर्कातिर अहिले भइरहेको प्रहार र ड्यामेज कन्ट्रोल गर्ने समय प्राप्त हुनेछ।

बुधबार पनि ओलीसँगै रहेका थापाले भने, ‘नेपाल पक्षले विश्वासको मत दिए राम्रै हुन्छ भन्ने हाम्रो बुझाइ छ। कांग्रेसले विश्वासको मत पाए पार्टी र आन्दोलनलाई नयाँ उचाइमा लैजाने समय मिल्छ। अहिले छरिएका भ्रम केस्रा–केस्रा केलाएर निवारण गर्ने समय पाइन्छ।’

कांग्रेस र माओवादीको गठबन्धन र अहिले सरकारको नेतृत्व गरिरहेका व्यक्ति यसअघि पनि परीक्षण भएकाले जनतामा उत्साह ल्याउने काम गर्न नसक्ने आकलन ओली पक्षको छ। केहीमा रहेको बाँकी भ्रमसमेत डेढ–दुई वर्षमा तोडिने हिसाबकिताब ओली पक्षको छ। ‘त्योबेला जनताले कसको सरकारको पालामा कस्तो काम भयो भनेर दाँज्छन् र भ्रमबाट मुक्त हुन्छन्,’ थापाले भने।

नेपाल कुनै पनि हालतमा एमालेमा आउन नचाहेकै कारण ओली त्यसरी प्रस्तुत भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई बताउँछन्। उनी भन्छन्, ‘पार्टीलाई जेठ २ मा फर्काउने सहमति भएकै छ। पुरानै हैसियत फिर्ता गरिएकै छ। ओलीले गर्नेजति गर्नुभयो, तर नेपाल भने देउवा र प्रचण्डभन्दा बाहिर निस्कन चाहनुभएन।’

सहमतिअनुसारकै एउटा बैठक भने ओलीले बोलाउन सक्ने बताइएको छ। जसले नेपाल पक्षमा रहेका, तर एमालेमै रहन चाहने नेता–कार्यकर्तालाई सहज बनाउनेछ। ओलीले बुधबारको अभिव्यक्तिमा पनि नेपालबाहेक अरुले ठाउँ पाउने उल्लेख गरेका छन्। 

नेपाल पक्षको आफ्नै कोण
जसरी ओली पक्षले नेपाल पक्षविहीन एमालेको परिकल्पना गरेको छ र त्यसका नाफाघाटा केलाएको छ, त्यसरी नेपाल पक्षले पनि विश्लेषण गरेको छ। विशेष गरी नेपाल र उनीसँग निकट रहेका नेताहरुले त्यसलाई अझ राम्रोसँग केलाएका छन्। 

एमालेमा बस्ने सबै झ्यालढोका बन्द भएपछि अर्को पार्टी गठन गरेर अघि बढ्ने नेपाल पक्षको योजना छ। अहिले रहेका अरु केही पार्टीसँग मिलेर नेपालको ठूलो वामपन्थी दल बनाउने योजनामा नेपाल पक्ष छ। 

नेपाल पक्षीय नेता मेटमणि चौधरी भन्छन्, ‘त्यो बेला हाम्रो नयाँ पार्टी मात्रै होइन, ओलीबाहेक जति कम्युनिष्ट पार्टी छन्, हाम्रो पहिचानसँग निकट (जस्तो: बाबुराम भट्टराई र उपेन्द्र यादव)रहेकासँग पनि एकता हुन सक्छ। फेरि पनि मुलुकको ठूलो पार्टीका रुपमा स्थापित हुन्छौं।’ ओलीसँग अलग हुँदा अन्य चारवटा पार्टीसँग एकता हुने उनको ठोकुवा छ। आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन हुन सक्ने नेपाल पक्षको विश्लेषण छ।

ओलीका विषयमा पनि एउटा धारणा नेपाल पक्षमा बनेको छ। उनीहरुको विश्लेषण छ, ‘ओली अहिले यति बदनाम भइसकेका छन् कि ओलीलाई लिएर चुनाव सामना गर्ने अवस्था छैन। ओलीकै नामबाट चुनावमा जाँदा नेकपा एमाले धूलोपीठो हुन्छ।’

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  २२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्