काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटार छाडेर दलबलसहित बुधबार आफ्नो निजी निवास बालकोट पुगेका ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै नेपाललाई कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका हुन्।
ओलीले वरिष्ठ नेता नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको पनि घोषणा गरे। नेपालका पछाडि लाग्ने कुनै व्यक्तिहरुले कमीकमीजोरी महसुस गरेर काम गर्न चाहेमा मात्रै पार्टीमा ठाउँ दिने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।